gulminews logo
मंगलवार, २०८० चैत्र ६

धुर्कोटका पाचँवटा वडा खरका छानामुक्त

हुमाकान्त पोखरेल
गुल्मी, ०१ असार ः जिल्लाको धुर्कोट गाउँपालिकाका पाचँवटा वडा खरका छानामुक्त भएका छन् । मंगलबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वाग्लालाई खरका छानामुक्त घोषणा गरेसँगै गाउँपालिकाका पाचँ वटा वडा खरका छानामुक्त घोषणा भएका हुन् । वाग्लाका गाउँपालिकाबाट लाभाम्बित हुने १४३ जनाले निःशुल्क रुपमा पाएको जस्ता पाताले घर छाएका छन् ।

आर्थिक बर्ष ७५÷७६ देखि सुरु भएको जस्ता पाता लगाउने कार्यले तीन बर्षमा पूर्णता पाएको वडाध्यक्ष हिम प्रसाद पन्थीले बताए । त्यससँगै वाग्लामा जनता आवासतर्फका १३ वटा घर बनेका छन् भने २८ वटा सुरक्षित नागरिक आवास अन्तरगतका घर बनेका छन् । वाग्लाकै बडाचौरमा ढोडको पहिरोबाट विस्थापित १८ परिवारको लागि एकीकृत नमुना बस्ती बन्दैछ । यसरी वाग्लामा मात्रै करिब तीन करोड सुरक्षित आवासको क्षेत्रमा खर्च हुने वडाध्यक्ष पन्थीले जानकारी दिए । धुर्कोटमा यसभन्दा पहिले वडा नम्बर १ नयाँगाउँ, वडा नम्बर २ पिपलधारा, वडा नम्बर ४ जैसिथोक र वडा नम्बर ६ रजस्थल गरी चारवटा वडा खरका छानामुक्त भइसकेका छन् ।

स्थानीय तहको निर्वाचनपछि निर्वाचित प्रतिनिधिहरुको पहिलो बैठकले गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्ने निर्णय लिएको थियो । जसअन्तरगत अहिलेसम्म ६५० भन्दा बढी घरमा जस्ता लगाइएको छ । बाँकी दुईवटा वडाका घरहरुमा एक महिनासम्म जस्ता पाता लगाउने र स्थानीय सरकार गठन भएको चौथो बर्षको अवसरमा असार २८ गते गाउँपालिकालाई ‘खरका छानामुक्त गाउँपालिका’ घोषणा गर्ने गाउँपालिका अध्यक्ष पोखरेलले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D