धादिङमा दुर्घटना परेर निधन भएका गुल्मीका विकासको स्मृतिमा साढे ५ लाख रुपैँयाको कोष स्थापना

टोपलाल अर्याल
गुल्मी, १४ पुस । इस्माली समाज काठमाण्डौको साधारण सभाकै अवसरमा इस्मा गाउँपालिका स्तरिय ‘विकास अर्याल स्मृति कोष’ स्थापना गरिएको छ ।

इश्मा गाउँपालिका ३ दर्लामचौरका विकाश अर्यालको ०७३ साउन २४ गते धादिङ्गमा सडक दुर्घटनामा परि निधन भएको थियो । दिवङ्गत विकाशको सम्झनामा परिवारले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको स्मृति कोष स्थापना गरेको विकाशका दाजु कृष्ण अर्यालले बताए ।

स्व. अर्याल

कोषको व्याजबाट इस्माली समाजले सरकारी तथा सार्वजनिक निकाय, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, कला संस्कृति र समाज सेवाका विभिन्न पक्षको मुल्यांकन गरेर प्रत्येक विधामा समाजले निर्धारण गरेको पुरस्कार प्रमाणपत्र प्रदान गरिने अर्यालले बताए । गत बर्ष पनि विकाशको स्मृतिमा परिवारले सम्झनामा ४५ वटा घडि वितरण गरेको थियो ।

इस्मा गाउँपालिकाको कार्यालय, इस्मा स्वास्थ्यचौकी र गाउँपालिकाका सवै ४३ वटा बिद्यालयका लाई घडि वितरण गरेको अर्का दाजु सागर अर्यालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ