gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

दोहलीको क्वारेन्टाइन पहिरोले बगायो : संक्रमित घर

टोपलाल अर्याल
गुल्मीको इस्मा गाउँपालिका ४ दोहली ढाँडको कालिका निमावि पहिरोले भत्काएको छ । बिद्यालयमा क्वारेन्टाइन बनाइएको थियो । माथिबाट पहिरो आएपछि क्वारेन्टाइनमा बसेका पाँच जना घरघर गएका छन् । उनीहरु सवै आरडिटी पोजेटिभ भएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए ।

नौ कोठे भवनमा पहिरोले क्षति पुराएको छ । पिसिआर परिक्षण नगरिएले होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको वडाध्यक्ष अधिकारीले बताए । त्यस्तै असार ६ गते पहिरोका कारण बिस्थापित भएका रातापानीका बिस्थापित तीन घर परिवार बसेको जनशक्ति प्रावि पहिरोको उच्च जोखिममा परेको छ । अहिले ती घर परिवार कहाँ राख्ने भन्नेमा समस्या भएको वडा सदस्य मिना घर्तिले बताइन् । बत्यो संगै दोहलीकै छोटडाँडामा पहिरोले बसन्ती घर्तिको घर गोठ बगाएको छ ।

मानवीय क्षति नभए पनि घरगोठ भत्किएपछि पशुचौपाय पुरिएका छन् । मिना घर्तिसहित छोटडाँडा र न्वालाका गरेर पाँच घर परिवार बिस्थापित भएका छन् । रातापानीका धन बहादुर घर्तिको गोठसहित बाख्रा बगाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D