gulminews logo
बिहीबार, २०८१ बैशाख १३

दुर्घटनामा श्रीमानको ज्यान गयो: गर्भवती श्रीमती घाइते, पेटको बच्चा समेत जिउँदो रहेनन्

राजन भट्टराई
स्याङ्जा, भाद्र १६ । ६ बर्षको छोरा काठमाडौ छाडेर गर्भवती रहेकी श्रीमतीलाई एम्बुलेन्स साहार लिएर आफ्नो घर स्याङ्जा चापाकोट आएका भानुभक्त गैरे (कृष्ण) ले आफ्नी श्रीमतीको गर्भमा भएको सन्तानको मुख हर्न नपाई देहावसन हुन पुगे ।

बिश्वभर फैलिएको कोरोना संक्रमणले काठमाडौ भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने पारिवारिक सल्लाह बमोजिम उनले गर्भवती श्रीमतीलाई लिएर एम्बुलेन्सको सहयोगमा घर आउँदै गर्दा दुर्घटनामा परे । वालिङ् ५ मझकोट आइतवार विहान बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा गैरे सहित दुई जनाको निधन र दुई जना घाइते भएका थिए ।

शनिवार विरामी लिएर काठमाडौ गएको एम्बुलेन्समा फर्कदा चालक सहित ४ जना सवार थिए । दुर्घटनामा चापाकोट ९ का श्याम पंगेनीको पनि निधन भएको छ । एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती पवित्रा पोख्रेल घाइते भएका छन् । उनिहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पवित्राले श्रीमान् त गुमाईन नै आफ्नो पेटमा रहेको बचालाई पनि यो संसार देखाउन सकिनन् ।

चापाकोट नगर स्वास्थ्य प्रमुख विन्दु कोइरालाका अनुसार घाइते पवित्राको पेटमा भएको भच्चा दुर्घटनाका कारण निधन भइसकेको चिकित्सकले जानकारी दिएको बताए । कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने सामान्य रहेको छ । पहिरोले साँघुरो सडक र लामो दुरीको यात्रा हुँदा दुर्घटना भएको अनुमान प्रहरीको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D