gulminews logo
मंगलवार, २०८० चैत्र ६

दुईजना सवार मोटरसाइकल सिद्धबाबा नजिकै तिनाउ खोलामा खस्यो, खाेजी कार्य जारी

सुमन महतारा
गुल्मी, कार्तिक १५ । सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सडकदेखि दुईजना सवार मोटरसाइकल खोलामा खसेको छ ।

तिनाउ गाउँपालिकाको वडा नं. ३ सिद्धबाबा नजिकै तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु १९ प ७१५६ नं. को मोटरसाइकल सहित मोटरसाइकलमा सवार दुईजना पुरुष खोलामा खसेको प्रहरीले जनाएको छ । बेलुका करिब साढे सात बजे मोटरसाइकल खोलामा खसेको हुँदा उद्दारमा केही समस्या भएको प्रहरी चौकी दोभानका प्रमुख सोम बहादुर सारुले बताउनुभयो।

मोटरसाइकल सडक देखि झन्डै सय मिटर तल खसेको हुँदा उद्दारका लागि सदरमुकाम तानसेनदेखि सशस्त्र प्रहरी बलको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख सारुले जानकारी दिनुभयो । भिर र रातिको समय भएका कारण घाइतेको अवस्था बारे जानकारी नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D