दाेस्राे मालिका रनिङ्ग शिल्ड आयोजना हुँदै, छापहिले माविले सहकार्य गर्ने

सन्तोष महतारा
गुल्मी । मालिका गाउँपालिकाे अायाेजना तथा छापहिले माध्यमिक बिद्यालयकाे सहकार्यमा दाेस्राे मालिका रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएकाे छ ।
प्रतियोगिता आउँदाे जेठमा १,२ र ३ गते हुने छापहिले माध्यमिक बिद्यालयका प्रधानाध्यापक धनु गिरीले बताए ।

गाउँपालिकाे ३ लाख रुपैँया बजेटमा प्रतियोगिता गर्ने गाउँपालिकाले जनाएकाे छ । मालिका गाउँपालिकाले अब प्रत्येक बर्ष मालिका रनिङ्ग शिल्ड आयोजना गर्ने पनि जनाएको । याे प्रतियोगिता गत बर्ष देखि सुरु भएकाे हाे । गत बर्ष क्लबले सहकार्य गरेतापनि यसबर्षदेखि बिद्यालयले गर्ने मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिनुभएको छ ।
जसमा गाउँपालिका भित्रका विद्यालयले सहकार्य गर्ने र प्रतियोगितामा भलिबल छात्रा-छात्र, दाैड, सटफुट लगायतका बिभिन्न खेल हुने जनाईएको छ ।

कार्यक्रमकाे सबै जिम्मा सहकार्य संस्थाले गर्ने र गाउँपालिकाले बजेटकाे मात्रै ब्यबस्था गर्ने बताइएको ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ