दरबार गाउँपालिकाको एक गोठमा आगलागी, चौपाया जलेर घाईते

गुल्मी, चैत १३ । गुल्मीमाको जुभुङमा एक गोठमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । गुल्मी दरबार गाउँपालिका वडा नं. २ जुभुङ्ग साबिकको वडा नं. ४ देउरालीमा आगलागी भएर गोठ जल्दा चौपाया घाईते भएका छन् ।

स्थानिय गाेपाल गाैतमकाे गाेठमा मंगलबार बिहान पौने ६ बजेकाे समयमा भैंसीलाई कुंडाे पकाउने क्रममा आगलागी भएको गौतमले बताए । आगलागी भएको केही समयमा गोठमा रहेको भैँसीको उद्दार गरिएको थियो । उद्दार गरिएको भैंसीको टाउको, ढाड लगायतका भिभिन्न भागमा जल्नुको साथै चोट पटक लागेको थियो ।

आगोलागीबाट करिब १ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । पानीको अभावले गर्दा आगो नियन्त्रणमा लिन समय लाग्दा गाेठ सम्पूर्ण रुपमा ध्वस्त भएको छ ।

तस्विर: मिसन शारु

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ