बागलुङ, २१ जेठ । बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले ‘शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद’ भन्ने मुल नाराका साथ दक्षिण कोरियाको सौलमा आयोजना गरेको छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता ‘ढोरपाटन कप २०१८’ को उपाधी काली गण्डकी ब्वायज्ले हात पारेको छ ।
कुल १४ टिमको सहभागिता रहेको प्रतियोगितामा स्याङ्जा परिवारलाइ २–१ को सेटमा पराजीत गरि काली गण्डकी ब्वायजले उपाधि चुमेको हो । पोल ए बाट सेमिफाइनलमा सिहङ्सी आनसानलाइ पराजीत गरि स्याङ्जा परिवार फाईनलमा प्रबेश गरेको थियो भने पोल बि बाट बागलुङ बि लाइ पराजित गरि काली गण्डकी ब्वायज् फाइनलमा प्रबेश गरेको थियो ।
प्रथम हुने काली गण्डकी ब्वायज्लाई नगद १३ लाख वन (१ लख ३० हजार नेपाली), कप र प्रमाण पत्र, दोश्रो हुने स्याङ्जा परिवार लाई नगद १० लाख वन (१ लाख नेपाली) कप तथा प्रमाण पत्र र सेमी फाइनल लडेका २ टिम बागलुङ बि र सिहङ सि आनसानलाई नगद ३ लाख ५० हजार वन (३५ हजार नेपाली) का दरले पुरस्कार प्रदान गरिएको थियो ।
उत्कृष्ट खेलाडिको उपाधि स्याङजा परिवारका खेलाडी कुमार गुरूङले हात पार्न सफल भएका थिए । बेष्ट प्लेयरलाइ कप, नगद एक लाख वन (१० हजार नेपाली) तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितालाई ब्यवस्थित रूपमा संचालन गर्नका लागी रेफ्रीहरू अमित राना, लोकेन्द्र भट्टचन, श्रवण श्रेष्ठ, दिलु बिरकट्टा, किरण भण्डारी मगर र बिक्रम केसी लगाएतका रहनु भएको थियो ।
बाग्लुङ सम्पर्क समिति कोरियाका अध्यक्ष सुवास लामिछानेको अध्यक्षतामा आइतवार सम्पन्न भएको प्रतियोगितामा कोरियाका लागि नेपाली राजदुत अर्जुन जङ्ग बहादुर सिंह प्रमुख अतिथि, तथा बिशेष अतिथिमा एन आर एन ए कोरियाका अध्यक्ष लम्मी गुरूङ, नेपाल आदिबासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष मल्लिका थकाली, वुमन फर वुमनकी अध्यक्ष पद्मा श्रेष्ठ, बागलुङ सम्पर्क समिति दक्षिण कोरियाका संरक्षक विपिन गुरुङ, सल्लाहकार याम श्रीस लगायतका रहनु भएको थियो ।
प्रतियोगिता स्थलमा खेलप्रेमी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने नेपाली परिकारका खाजाहरू पनि बिक्रि गरिएको थियो । साथै एस बि आई कोष मनि रेमिटले रेमिट सम्बन्धि सेवा पनि दिएको थियो ।
ढोरपाटन कपलाई भब्य रूपमा सफल बनाउन बिभिन्न क्षेत्रबाट सहयोग गर्ने खेलाडिहरू, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, रेफ्रिहरू, बाग्लुङ सम्पर्क समितिका पदाधिकारीहरू लगायत सम्पुर्ण महानुभावहरूलाइ आयोजकका तर्फबाट समितिका अध्यक्ष सुवास लामिछानेले धन्यबाद दिनु भएको कोरियाबाट समितिका सचिव टेक पुनले जानकारी दिनु भएको छ ।