अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु

रविलाल पौडेल,
असोज १, गुल्मी।बाग्लुंग जिल्लाको भीमगिठे नजिकै तुरतुरेमा ८ घण्टा सम्म खोला नै थुनिने गरि गएको पहिरोमा फेरी आज पहिरो गएको जानकारी प्राप्त  भएको छ। पहिरोमा परि एक महिलाको मृत्यु समेत भएको समाचार प्राप्त भएको छ। अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुन (मियानी) को मृत्यू भएको हो । वुर्तिवाङ वाट चाड मनाउन अर्घाखाँची तर्फ जाँदै गर्दा अकस्मात माथिवाट खसेको ढुंगाले उनलाई पुरेको थियो । खातुन संगै रहेका उनको श्रीमान अयुव मिँया भने पहिरोवाट बच्न सफल भएका छन्।

फोटो: तेजेन्द्र थापाको फेसबुकबाट

अस्ति पहिरो जादा ४ घर डुबानमा परेका थिए भने अझै पनि बडिगाड खोलाको जमेको पानीले ताल बनेको छ। मानबिय क्षति भने भएको थिएन। पहिरोले क्षति भएको बाटो संचालन गर्न भने निकै नै समय लाग्ने देखिन्छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ