gulminews logo
सोमबार, २०८१ बैशाख २४

तिहार पर्व नजिकिएसँगै गुल्मीका मादल बनाउनेहरुलाई भ्याइ–नभ्याई

अनिल खत्री
गुल्मी, ४ कात्तिक । यतिबेला तिहार पर्व नजिकिएसँगै मादल बनाउनेहरुको लागि भ्याइनभ्याई हुने गरेको छ । तिहार पर्वमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउनेहरुले गर्दा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउने हरुको लागि यतिबेला भ्याइनभ्याई छ ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा गल्कोटे मादल नामले व्यवसाय गर्दै डिलबहादुर नेपाली तिहार पर्व नजिकिएसँगै मादल बनाउनको लागि व्यस्त हुने गरेका छन् । २ वर्ष कोरोना महामारी गर्दा थलिएको व्यवसाय यसवर्ष भने मादल बनाउन र किन्नेहरुको चलहलपहल हुने गरेको छ ।

तीज र तिहारमा धेरै मादल खपत हुने गर्दछ । नेपालीले गुल्मीको तम्घासमै वषौदेखि मादल बनाउने पसल राखेर मादल बेचेरै वार्षिक मनग्य कमाई गर्दै आएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा मादल बनाउँदै बेच्दै आएका नेपालीले यसै पेसाबाट परिवारको खर्च चलाउदै आएका हुन् ।

एक सिजनमा डेढ लाख सम्मका मादल बिक्री गर्ने गरेको उनको भनाई छ । चाडपर्व बाहेक अन्य समयमा भने नयाँ मादल बनाउने पुराना मर्मत गर्ने गरेर समय बित्ने नेपालीले बताए । एउटा मादल तयार गर्न २÷३ दिन लाग्ने गर्दछ । एउटा मादलको समान्यतया २५ सयदेखि पाँच हजार रुपैयाँसम्म साइज हेरिकन पर्ने गर्दछ ।

दमाहा, ट्याम्को, ढोलक लगायतका नौमती बाजासमेत बनाउने गरेको उहाँको अनुभव छ । काठ, बाख्रा, भैंसी र गोरुको छाला, अंगार,खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिन्छ । मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान दिने नगरेको नेपालीले बताए । अरुले त घृणा गर्ने गरेको त सुनेको थिए नेपालीले भने,‘अफनै छोराले पनियो काम गर्न हुन्न भन्ने गरेको दुखेसो सुनाए ।’

मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको मालद बनाउनेहरुको भनाई छ । खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरुको अनुभव छ ।

तम्घासमा तयार भएको मादल गुल्मी सहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गर्दछ । पछिल्लो समय मादन भन्दा पनि साउण्ड सिस्टम बाट देउसी भैलो खेल्ने प्रचलनले पनि मादलको धेरै प्रयोग भएको पाइदैन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D