gulminews logo
बुधबार, २०८१ बैशाख १२

तम्घासका पहिरोपीडित भन्छन ‘बस्तीबारे भौगर्भिक अध्ययन गर्नुप¥यो’

हुमाकान्त पोखरेल
गुल्मी, असार १८ । बर्षायाम सुरु भएसँगै जिल्लाका विभिन्न ठाउँमा पहिरो गएको छ । कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरि जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ वेदुखर्कमा असार ६ गते ठुलो पहिरो गयो । १५ घर विस्थापित भए । अझै पाचँ घर पहिरोको उच्च जोखिममा छन् । त्यसरी विस्थापित भएका तथा जोखिममा रहेका परिवारले आफुहरु बस्दै आएको बस्ती बासस्थानको लागि उपयुक्त भए वा नभएको लागि भुगर्भविद् ल्याई अध्ययन गर्नुपर्ने माग गरेका छन् ।

सदरमुकाम तम्घासमा असार ४ गतेदेखि ठुलो बर्षा भइरहेको थियो । वेदुखर्कका ४२ बर्षिया तुल्सीराम कुँवरले असार ५ गते साभmँ घर माथिबाट जमिनको केहि भाग चर्किएको देखे । असार ६ गते बिहान हेर्दा उक्त भाग करिब १ मिटर तल झरसकेको थियो । लगातार बर्षा भइरहेकोले उनको घरभन्दा दायाँ–बाँया र तलपट्टी पनि पहिरो गएको थियो । जसले उक्त बस्ती जोखिममा रहेको थियो । घरमा जोखिम भइसकेपछि कुँवरको चार जनाको परिवार लिएर उसैदिन छिमेकीको घरमा कोठा लिएर बस्न बाध्य भयो । ‘घरमा बस्नै नसकिने भएपछि घर छोड्ने निर्णय ग¥र्यौ ।’ उनले भने, ‘उज्यालोमा आफ्नै घरतिर आँखा जान्छ, अध्यारो भएपछि मात्र छिमेकीको कोठामा जान्छौ ।’

जोखिम बढाउने तीन सडक

कुँवरको नजिकै तीनओटा सडक छन् । एउटा घरको आगँनबाट नै तम्घास–सन्धिखर्क जाने, अर्को घरभन्दा करिब ५० मिटर तलबाट तम्घासदेखि नयाँगाउँ–पिपलधारा हुँदै ढोरपाटन जोड्ने र अर्को घरभन्दा करिब १० मिटर माथिबाट अर्जुन डाडाँ जोड्ने सडक । पहिरोले तम्घास सन्धिखर्क जोड्ने र तम्घास–नयाँगाउँ जाने सडक अवरुद्ध बनाएको थियो । दुवै सडक मानव बस्तीका हिसाबले जोखिमयुक्त छन् । तर बर्षायाममा पनि ठुला–ठुला मेसिन प्रयोग गरेर बिना अध्ययन बाटो मर्मत भइरहेको छ । जसले गर्दा जोखिममा बृद्धि हुँदै गएको छ ।

कुवँरले आफु मात्र नभएर सिङ्गो बस्ती नै विस्थापित भएकोले उक्त ठाउँमा बस्ती बस्न मिल्ने÷नमिल्नेबारे भुगर्भविद् ल्याई अध्ययन गर्नुपर्ने बताए । बर्षायामको समयमा यस्तै समस्या देखिने भएकोले राज्यले आफुहरुको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । त्यसका साथै बजेट सक्ने असारे विकास, जथाभावी सडक खनिनु, सडकमा गुणस्तरहीन काम र त्यसको कम मुल्याकंन जस्ता कारणले पनि आफुहरुको बस्ती जोखिममा परेको बताए । ‘विकाससँगै हुने विनाशबारे ध्यान नदिदा यो समस्या आइपरेको छ ।’ उनले भने, ‘अब बन्ने र अहिले हामी बसिरहेको संरचनामाथि पनि भौगर्भिक अध्ययन गर्नुपर्छ ।’

असारे विकासले समस्या

अर्का स्थानीय पोमनारायण सुवेदीले पनि घरभन्दा माथिको पहाड नै फुटेर झरेकोले आफुहरु विस्थापित हुनुपरेको बताए । उनको घरभन्दा करिब २० मिटर माथि अर्जुन डाडाँ जोड्ने सडक पर्छ । चालु आर्थिक बर्ष पनि उक्त सडक स्तरोन्नतीको लागि ५० लाख विनियोजन भएको छ । तर समयको ख्याल नै नगरी मेसिन प्रयोग गर्दा बस्ती नै जोखिममा पर्नेगरी जमिन फुटेको छ । ‘सरकारी कार्यालय र ठेकेदारको लाहापरवाहीले गर्दा धेरै ठाउँबाट जमिन फुटेको छ ।’ उनले भने, ‘अब त बस्ती बस्न उपयुक्त छ या छैन भन्नेबारे निर्णय गर्न भुगर्भविद् ल्याई अध्ययन गर्नुपर्छ ।’ उनले भुगर्भविद्को सल्लाहमा मात्र राज्यले उचित व्यवस्थापन गरेमा उक्त ठाउँमा फर्कन सकिने बताए । तर जोखिमका हिसाबले अहिलेकै अवस्थामा उक्त घरमा फर्कदा मृत्युको दिन कुरेझै हुने उनको बुझाई छ । त्यसका साथै उनले बजेट सक्ने मात्रै औपचारिकता पुरा नगरी समयमै काम सक्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

राज्यप्रति आश लाग्न पनि छोड्यो

सोहि ठाउँका पदम विष्टको घर तीनओटा सडकको बीचमा पर्छ । जसमध्ये तम्घास–खाम्सेपानी हुँदै नयाँगाउँ–ढोरपाटन सडक र तम्घास सन्धिखर्क सडकले उनलाई घर छोड्न बाध्य बनाएका छन् । ०७२ सालमा सडकको स्तरोन्नती गर्दा घरभन्दा करिब ५० मिटर तलबाट लोहोनी एण्ड ब्रदर्श कम्पनीले घर नै जोखिममा हुनेगरी ढुङ्गा निकाल्यो । त्यसबेलादेखि उनको घर तलबाट पहिरो जाने क्रम अझै रोकिएको छैन । घरको आँगनबाटै निर्माण भइरहेको तम्घास सन्धिखर्क सडकको नालीमा गुणस्तरहिन निर्माण सामग्रीको प्रयोग गर्दा पानी भासिएर तल झर्छ । जसले गर्दा उनी लगायत त्यस आसपासका परिवारले घर छोड्न बाध्य भएका छन् । ‘घरमुनिको सडकमा पर्खाल लगाई जोखिम कम गर्न चार बर्षदेखि लागिपरेका छौँ तर अझैसम्म पनि कतैबाट पहल भएको छैन ।’ उनले भने, ‘बसाई नै उठिबास लाग्दासम्म पनि राज्य उदासिन बन्नुले न्यायको आश हराएको छ ।’ आफ्नो समुदायमा अहिलेसम्म धेरैले अनुगमन गरेपनि आफुहरुको पक्षमा कुनै उपलब्धि नभएको गुनासो गरे ।

सरकारबाट सक्दो सहयोग हुन्छ ः मेयर

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । आफुहरुले वेदुखर्कको पहिरो र विस्थापितहरुको अवस्था अनुगमन गरेर बुझेकोले उनीहरुको वैकल्पिक व्यवस्थाबारे नगरपालिकाले योजना बनाउने भुसालको भनाई छ । नागरिकको दुःख–सुखमा साथ दिन नै आफु जनप्रतिनिधि भएकोले वेदुखर्कका पहिरो पीडित बस्तीबारे आफु गम्भिर भएको बताए । विस्थापित भएका परिवारलाई तत्कालको लागि खाद्यान्नको समस्या भए नगरपालिकामा सम्पर्क गर्न उनले आग्रह गरे । बस्ती बसेको जमिन कमजोर बन्दै गएकोले अध्ययनको लागि भुगर्भविद् ल्याउने बिषयमा पनि आफुले पहल गर्ने मेयर भुसालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D