तमघासमै पहिरोले ७ वटा पक्की घर जोखिममा, सडक अबरुद्ध

अनिल खत्री
२४ असोज, गुल्मी । तम्घास रिडी सडक खण्ड अन्तरगत रेसुङ्गा नगरपालिकाको भगवती मन्दिर नजिकै सडक भास्सिएर पहिरो जाँदा ७ वटा पक्की घर जोखिममा परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ को तम्घास रिडी सडकको भगवती मन्दिर नजिकै सडक भास्सिएर पहिरो जाँदा ७ वटा पक्की घर जोखिममा परेसँगै सडक अबरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

सडक भास्सिएर पहिरो गएपछि जिल्ला सदरमुकाम तम्घासबाट रिडी, पाल्पा, वुटवल जाने सवारी साधनहरु बैकल्पीक मार्ग प्रयोग गरेर जाने गरेका छन् । सडक भास्सिएर पहिरो गएसँगै तम्घास रिडी पाल्पा सडक कार्यालय पाल्पालाई तत्काल सडकको अवस्था बारे अवलोकन र मर्मत गर्न आग्रह गरिएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए ।

हाइवे सडक अबरुद्ध भएकाले तत्कालै मर्मत गर्नका निम्ति पाल्पा सडक डिभिजन कार्यालयबाट इन्जिनियर सहितको टोलि आएर काम अगाढी बढाउने तयारीमा रहेको पन्थीले बताए । रेसुङ्गा नगरपालिकाले बिभिन्न स्थानमा गएका पहिरो हटाउन ८ वटा जेसिबी मेसिन प्रयोगमा ल्याईएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

पछिल्लो समयमा भइरहेको अविरल वर्षातका कारणले धेरै जासो ठाउँमा सडक, बिद्युत अबरुद्ध हुँदै आएको छ । पहिरोले जिल्लाको सदरमुकामै ३ दिनसम्म बिद्युत अबरुद्ध भएको थियो ।

अझै पनि ग्रामीण भेगमा ६ दिनदेखि बिद्युत सेवा अबरुद्ध हँुदै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D