gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

अर्घखाँचीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्‍यु, १० जना घाइते

दीपेन्द्र पौडेल
अर्घाखाँची, भदौ १९ । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा भएकाे हाईस दुर्घट्नामा एक जनाकाे मृत्‍यु भएकाे छ । भने १० जना घाईते भएका छन् ।
हिजो काठमाण्डाैदेखि अर्घाखाँची आउँदै गरेकाे लु १ ख ८६३९ नम्वरकाे हाईस शनिबार बिहान करिब ४: ५० बजे ठाडाको आर्मी क्याम्प नजिकै उरालो घुम्टीमा भएकाे हो ।

मृत्‍यु हुनेमा मृत्‍यु हुनेमा भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको डेभाका २८ वर्षिय संजय बि. क रहेका छन् ।
घटनामा घाईते हुनेमा सन्धिखर्क ११ डिभर्नाकी १५ वर्षिया सभिना शाह, सन्धिखर्क २ चुत्राबेसीकी ३२ वर्षिया सीता मुखिया, मालारानी ५ बाँगीका ४१ वर्षिय गंगा बहादुर पन्थी, भूमिकास्थान १ ढाकावाङ पिपलनेटाका २७ वर्षिय श्याम बहादुर नेपाली, सन्धिखर्क १२ डिभर्नाका गाेविन्द बस्याल, सप्तरी जिल्ला खडक न. पा. ११ का राेहित कुमार शाह, भूमिकास्थान १ ढाकावाङ राजिमेका ३० वर्षिय लाेक बहादुर नेपाली र भूमिकास्थान ८ नुवाकोट लम्चीका ३० वर्षिय केशव खत्री रहेका छन् । दुर्घटनामा हाइस चालक भूमिकास्थान १ नुवाकोट करौदीका ३० वर्षिय सुदन रायमाझी र सहचालक धारापानी गैराका टेकराज बन्जाडेकाे अवस्था सामान्य रहेकाे जनाईएकाे छ ।

गम्भिर घाईते लाेक बहादुर नेपाली र गाेविन्द बस्याल दुईजनाकाे तत्काल बुटवल रिफर गरिएकाे थियो । दुर्घटनामा परी घाइते हुने अन्यलाई पनि ठाडा स्वास्थ्य चौकिमा सामान्य उपचारपछि बुटवल रिफर गरिएको छ।

हाईसमा ११ जना सवार थिए । गाडी हाईवे सडकदेखि करिव ३०० मिटर तल खसेर रुखको झाडीमा अड्किएको छ ।

दुर्घट्नापछि घटनास्थलमा उद्वारका लागि नेपाल प्रहरी,नेपाली सेना स्थानियहरु खटिएका थिए। दुर्घट्नाको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D