ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

हुमाकान्त पाेखरेल
गुल्मी , ११ असाेज । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने एकजना घाइते भएका छन् । भुमिकास्थान नगरपालिकामा लु ४ त १२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा साेहि नगरपालिका वडा नं ४ धारापानी बस्ने २१ बर्षीय हुमा भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

खेत जोत्न जान लागेको ट्याक्टर ओरालो बाटोको भीत्तामा ठोक्किदा दुर्घटना भएको हाे । दुर्घटना पछि घाइते भुसाललाई जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याउने क्रममा बाटाेमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

चालकलार्इ सामान्य चाेटपटक लागेकाे र उनलार्इ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेकाे धारापानी प्रहरी चौकीका ईन्चार्ज सूर्य बिकले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ