Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिसस गुल्मीद्धारा सडक अनुगमन: ब्यापक अनियमिता तथा ढिलासुस्ती भएको पाइयो - Gulminews

जिसस गुल्मीद्धारा सडक अनुगमन: ब्यापक अनियमिता तथा ढिलासुस्ती भएको पाइयो

हुमाकान्त पोखरेल
गुल्मी, २१ माघ । जिल्ला समन्वय समिति गुल्मीले जिल्लाका विभिन्न सडकको अनुगमन गरेको छ । उसले साविकको तम्घास सिमलटारी प्युठान सडक अर्थात हालको मदन भण्डारी लोकमार्गमा भईरहेको कामको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा काममा ब्यापक अनियमिता तथा ढिलासुस्ती भएको पाइएको छ । सडकअन्तरगत मसिनापोखरी–छल्दिखोलामा अहिले ग्राभेलिङ्गको काम भइरहेको छ । उक्त सडक बनाउने जिम्मा कालिका पेसिफिकका विक्रम पाण्डेले लिएका छन् । तर ग्राभेलिङ्ग गर्दाको आधारको रुपमा रहने सोलिङ नै नमिलाएको पाइएको छ । त्यस्तै सिमलटारीनजिकै किसनटारी–सिमलटारी सडकमा पनि काम भइरहेको छ । त्यहाँपनि सोलिङ्ग नमिलाएको जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीले जानकारी दिए ।

‘बाटोमा लगाउने सोलिङ्गहरु पनि मिलेका छैनन, निर्माण ब्यवसायीहरु कामभन्दा नाफामा ध्यान दिएका छन् ।’ ठकुरीले भने, ‘गलत काम गर्ने जो सुकै भएपनि कारवाहि हुनुपर्छ ।’ यसरी सडकको आधारमै काम बिगारेपछि सडक गुणस्तरहिन बन्ने उनले बताए ।

अनुगमन समुहले जिल्लाको मालिका गाउँपालिका ८ मर्भुङ सिमलटारीमा बन्न लागेको बाटोको नालीको अनुगमन गरेको थियो । त्यहाँ मापदण्डविपरित गिटी–बालुवा प्रयोग गरेको तथा काममा ढिलासुस्ति गरेको पाइएको छ । जिल्ला समन्वय समितिको समुह अनुगमनको लागि सिमलटारी पुगेपछि गुनासो गर्ने स्थानीय थुप्रै भेटिए । ठेकेदारले अनावश्य तरिकाले बाटो भत्काएको, काममा ढिलाई गरेर जोखिम बढेको, वैकल्पिक सडकको व्यवस्था नगरेको जस्ता गुनासा स्थानीयले गरेका थिए ।

‘काम सुरु गरेको डेढ महिनाबाट धेरै भयो, तर अझैसम्म पनि सक्ने कुनै सुरसार छैन ।’ स्थानीय सुर्य प्रसाद घिमिरेले भने, ‘काममा ढिलासुस्ति गर्दा हामिलाई निकै सकस परेको छ ।’ त्यस्तै अर्का स्थानीय वाजित वलिले काममा ढिलाई गर्दा ब्यापार–व्यवसाय लगायतका क्षेत्रमा ठूलो असर गरेको बताए । ‘सडकको नाली बनाउदा केहि समय लाग्नु स्वभाविकै हो, तर यहाँ ढेड महिना भइसक्यो, ब्यापार छैन ।’ वलीले भने, ‘सिमलटारीवासि निकै समस्यामा छौ ।’ निर्माण ब्यवसायीले नाली बनाउने भनेर सडकको साइडमा खाल्डा बनाएपनि द्रुत गतिमा काम अगाडी नबढाउदा समस्या परेको हो ।

सडकको छेउछाउमा परेका खाल्डामा पानी जम्मा भएकोले विद्यालय जाने बालबच्चालाई सबैभन्दा बढी असर परेको छ । ‘केटाकेटी विद्यालय जाँदाआउँदा घरैअगाडी समस्या छ, हामि नै उनीहरुको लागि डिउटी बस्नुपर्ने अवस्था छ ।’ स्थानीय नमकला घिमिरेले भनिन्, ‘ठेकेदारको लाहावरवाहिले सास्ति पाएका छौँ ।’ अनेक बाहाना पारी ठेकेदारले काममा ढिलाई गर्नु सरकारी नियकाको समेत मिलेमहतो हुन सक्ने उनले बताईन् । दिनमा ५÷६ मात्र कामदार काममा हुने र त्यो सङ्ख्या निकै न्यून भएको उनले बताईन ।

ठेकेदारले सिमलटारी बजारबाट मर्भुङ मैदान, हुल हुँदै अर्खबाङ्ग सम्म जाने बाटो पनि बन्द गराएका छन् । जसका कारण स्थानीयलाई निकै समस्या छ । यससम्बन्धमा निर्माण ब्यवसायी श्रेष्ठ कन्ष्ट्रन्सनका हरी कुमार श्रेष्ठले काम द्रुत गतिमा अगाडी बढाउने प्रतिवद्धता गरे ।

नियमबिपरित ढुङ्गागिटी उत्खनन्

गुल्मीमा निर्माण व्यवसायीले नियमविपरित ढुङ्गागिटी समेत उत्खनन् गरिरहेका छन् । इश्मा गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने छल्दि खोलाबाट नियमविपरित ढुङ्गागिटी उत्खनन् गरेको पाइएको हो । खोलाका बालुवा तथा ढुङ्गा निकाल्दा खोला बगिरहेकै सतहभन्दा मुनिबाट निकाल्न पाइदैन तर छल्दि खोलामा खोला बगेको भन्दा धेरै तलबाट समेत उत्खनन् गरिएको छ । त्यस्तै सिधै बगिरहेको खोलाबाट पनि कुनै किसिमको नदिजन्य सामाग्री निकाल्न नपाइने भएपनि निर्माण ब्यवसायीले अटेर गरि उत्खनन् गरिरहेका छन् ।

‘खोलामा पनि एक मिटरभन्दा तहको जमिनबाट ढुङ्गागिटी निकाल्न पाइदैन, तर यहाँ नियमविपरित उत्खनन् भइरहेको छ ।’ जिल्ला समन्वय समिति सदस्य राममल्ल ढकुरीले भने, ‘यसको नियन्त्रणका लागि गाउँपालिकामा चिठि पठाएका छौँ ।’ त्यस्तै खोलाबाट निकालिएको नदिजन्य समाग्री एकठाउँमा जम्मा गरेर मात्र लैजानुपर्ने कानुनी प्रावधान छ । तर छल्दि खोलाबाट सिधै ट्याक्टरमा राखेर सम्बन्धित स्थानसम्म लगेको पाइएको छ ।

नदिजन्य सामाग्रीको उत्खनन् सम्बन्धी अनुगमन गर्नको लागि जिल्लास्तरमा जिल्ला समन्वय समिति अध्यक्षको अध्यक्षतामा समिति हुने व्यवस्था छ । समिति अध्यक्ष लक्षमण पराजुलीले यसरी नियमविपरित काम गर्ने निर्माण ब्यवसायीलाई कारवाही हुनुपर्ने बताएका छन् । ‘नदिनाला सबैको सम्पत्ति हो, यसमा हाम्रो जिवन जोडिएको छ ।’ उनले भने, ‘यस्तो संवेदनशिल क्षेत्रमा खेलवाट गर्नेलाई कडाभन्दा कडा कारवाहि गर्नुपर्छ ।’ उनले अनुगमनको दायित्व आफूलाई भएपनि कारवाहिको अधिकार भने नभएको बताए । अहिले स्थानीय सरकार नै बढी सक्तिशाली भएकोले यसमा इश्मा गाउँपालिका नै बढी चनाखो हुनुपर्ने उनले बताए । स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा योजना अनुगमन समिति छ । तर इश्मामा रहेको योजना अनुगमन समितिले यसमा अनुगमन गरेको छैन । गाउँपालिका उपप्रमुख बिमला केसीले ढुङ्गा–गिटीको लागि टेन्डरमार्फत जिम्मा दिइएकोले अनुगमन नगरेको प्रतिक्रिया दिइन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D