gulminews logo
शनिबार, २०८१ बैशाख १५

जिल्ला प्रशासनले मागेको विवरण पठाउँदैनन् गुल्मीका स्थानीय तह

तिलाचन पाण्डे
गुल्मी, बैशाख ३ । गुल्मीका स्थानीय तहहरुले आफूले माग गरेको विवरण पठाउन आनाकानी गरेका जिल्ला प्रशासन कार्यालयले बताएको छ।

यो पनि पढ्नुस्: सिडियोकै निर्देशन मान्दैनन् गुल्मीका स्थानीय तह

गुल्मी जिल्ला प्रशासनले जिल्लाका २ नगर र १० वटा गाउँपालिकाभित्र भएका विपन्न परिवार संख्या, निर्माण गरिएका क्वारेन्टाइन, क्वारन्टाइनका फोकल पर्सन, लकडाउनको अवस्थाबारे पटक पटक विवरण मागेको थियो। तर स्थानीय तहले भने अटेर गरिरहेका जिप्रका गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले बताए।

यो पनि पढ्नुस्: छुट्टीको दिन सरकारी गाडी चलाऊँदा प्रशासनको स्विकृती नै लिँदैनन् गुल्मीका स्थानीय तह

फोनमार्फत आग्रह गर्दासमेत स्थानीय तहले यथार्थ विवरण नपठाएको उनले गुनासो गरे। विवरण नपठाउने स्थानीय तहलाई अब भने कडाइका सकाथ निर्देशन दिने तयारी भएको पाण्डेले बताए ।

निरन्तर रिर्पोट पठाएको दाबी

यता जिल्लाको मालिका गाउँपालिकाले भने जिल्ला प्रशासनको भनाइविपरीत निरन्तर सूचना र रिपोर्ट पठाइरहेको दाबी गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले भने, ‘दैनिक कामकाजको विवरण र रिर्पोट पठाइरहेका छौं।’

साथै जिल्ला प्रशासन कार्यालयले तोकेकै ढाँचामा आफूहरुले विवरण पठाइरहेको उनले बताए।

‘राहत वितरण र जनताका प्रत्यक्ष समस्यासँग जुध्नुपर्ने भएकाले कहिलेकाहीँ छुटेको हुन सक्छ, सुगममा जस्तो सहज दुर्गमका स्थानीय तहलाई हुँदैन, कहिले विद्युतको समस्या त कहिले इन्टरनेटको समस्या आउँछ,’ पाण्डेले खुलाए।

यस्तै मदाने गाउँपालिकाले पनि निरन्तर रिर्पोट पठाउँदै आएको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग भिडियो कन्फ्रेन्स बैठक

यता जिल्ला प्रशासन कार्यलय गुल्मीले स्थानीय तहहरुले कोरोना भाइरस संक्रमण र रोकथाम र नियन्त्रणबारे गरेको कामको अवस्थाबारे बुझ्न भिडियो कन्फ्रेन्स बैठक गरेको छ। बैठकमा पनि प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहको यसबेलाको कामबारे सूचना पठाउन आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी शर्माले सूचना विवरण पठाउन किन ढिलाइ गरेको भन्ने प्रश्नमा अधिकांश स्थानीय तहले धेरै ठाउँमा रिपोर्ट पठाउनुपर्ने भएकाले समस्या भएको बताएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D