जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

हुमाकान्त पोखरेल
गुल्मी, २१ मंसिर । मंगलबार बाग्लुङको बडिगाढ गाउँपालिका ७ अल्छीबाङ्गमा जिप दुर्घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या १६ पुगेको छ । दुर्घटनामा परि घाइते भएकी इस्मा गाउँपालिका ४ दोहोलीका २४ बर्षिय निमा केसिको उपचारका क्रममा शनिबार निधन भएपछि ज्यान गुमाउनेहरुको सङ्ख्या १६ पुगेको हो ।

निमालाई उपचारका लागि मंलबार नै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । टाउको र शरिका विभिन्न भागमा गम्भिर चोट लागेकी उनको शनिबार काठमाडौस्थित शिक्षण अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ । उनीसँगै घाइते भएका चार बर्षिय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का १८ बर्षिय जीवन कार्कीको भने उपचार भइरहेको छ ।

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पुजाको लागी हिँडेको ग १ ज ५२१९ नम्बरको जिप मंसिर १७ गते मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा परि १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

जसमध्ये इस्मा गाउँपालिका ४ दोहोलीका ६५ बर्षिय धन बहादुर कार्कीको शव घटनास्थलभन्दा करिब दुई किलोमिटर तल नदिको किनारमा अर्को दिन भेटिएको थियो ।

दुर्घटनामा परेकाहरुमध्ये १० जनाको सोहि दिन नै इस्मा गाउँपालिका ५ रजस्थल हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको थियो । भने ज्यान गुमाउने अधिकाशं इस्मा गाउँपालिकाका भएको भन्दै इस्मा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D