जापानमा रुपाकोट सेवा समाजको गठन

टोकियो, जुन ०६ । जापानमा रुपाकोट सेवा समाजको गठन गरिएको छ । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं. ७ स्थाई घर भई हाल जापानमा बस्ने रुपाकोटेहरुको बिशेष भेलाले समाजको बिधिवत गठन गरेको छ । गत जुन ५ तारिख मंगलबारका दिन राजधानी टोकियो स्थित खामेईदोमा उपस्थित भेलाले बिष्णु प्रसाद भण्डारीको अध्यक्षतामा समाजको गठन गरेको हो ।

रोजगार, ब्यवसाय, अध्ययन, दिपेण्डेण्ट तथा स्थाई बसोबासको भिषामा रहेका सम्पूर्ण रुपाकोटेहरुलाई एउटै मन्चमा समेट्नको लागि समाजको गठन गरिएको अध्यक्ष भण्डारीले बताए । त्यस्तै रुपाकोटमा आइपर्ने आर्थिक तथा सामाजीक समस्यालाइ समाधान गर्न सघाउने तथा जापानमा रहेका रुपाकोट वासिहरुलाइ एकिकृत गर्ने पनि समाजको उद्देश्य रहेको सदस्य समेत रहनुभएका प्रकाश भन्डारिले जानकारी दिनुभयो ।

साथै यस समाजले आगामी दिनहरुमा गाउँ समाजमा उदाहरणिय काम गरेर देखाउने उहाले जानकरी दिनुभयो । समाजले घर, समाज, गाउँ ठाउँ र सिंगो देश नै छोडेर जापानभरी छरिएर रहेका रुपाकोटेहरुलाई एउटै मन्चमा ल्याई भैपरी आउने सुख दु:खमा साथ र सहयोग गर्दै आफ्ना परम्परा, सँस्कृती र चाडबाड सामुहिक रुपमा मनाउने एउटा सेतुको भूमिका खेल्नेमा आफुहरु आशावादी रहेको उपाध्यक्ष अर्जुन भण्डारीले बताए । त्यस्तै आफु जन्मे हुर्केको गाउँ ठाउँमा भैपरी आउने समस्या समाधान र न्युनिकरणमा पनि समाजले सहकार्य गर्ने अर्का अध्यक्ष चिरन भण्डारीले जानकारी दिए ।

जापानमा ब्यवसायमा होस्, एनआरएनमा होस् वा अन्य सामाजिक संघ सँस्था वा राजनितिक भातृ संगठनहरुमा नै किन नहोस् रुपाकोटेहरुको उपस्थिती उल्लेख्य मात्रामा रहेको छ । गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले मुकुन्द भण्डारी, लक्ष्मण अर्याल र बावुराम भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ ।

बिष्णु प्रसाद भण्डारीको अध्यक्षतामा गठित २३ सदस्यिय समितीको उपाध्यक्षमा अर्जुन भण्डारी, चिरन भण्डारी, सुधिर भण्डारी र दिनेश भण्डारी रहेका छन् । त्यस्तै भेलाले सचिबमा प्रकाश अर्याल, सहसचिबमा रामु भण्डारी, कोषाध्यक्षमा हरी भण्डारी र सहकोषाध्यक्षमा सुवास भण्डारीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा ओम बहादुर दर्लामी, कुल बहादुर पोख्रेल, सुरज पैडेल, कृष्ण गैरे, टिकाराम न्यौपाने, महाशर्मा भण्डारी, बाबुराम भण्डारी, प्रकाश भण्डारी, चन्द्र भण्डारी, ढुण्डिराज भण्डारी, दिपक भण्डारी, अर्जुन भण्डारी र राम कृष्ण भण्डारी रहेका छन् । भेलाले अन्य अग्रजहरु, युवा तथा महिलाहरुलाई पनि बिस्तारै कार्यसमितिमा थप गर्दै लैजाने जानकारी दिएको छ ।

रोजगार, ब्यवसाय, अध्ययन, दिपेण्डेण्ट तथा स्थाई बसोबासको भिषामा हाल जापानमा ३५० जना भन्दा बढी रुपाकोटेहरु रहेका छन् ।
समाचार सौजन्य: प्रकाश भण्डारी

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D