gulminews logo
शनिबार, २०८१ बैशाख ८

जापानमा रहेका गुल्मीका अधिकारी सहित एक दर्जन ब्यवसायी संघीय समाजबादी फोरममा प्रबेश

जापान, २० पुस । नेपालबाट जापानमा आएर ब्यवसायमा लागेका गुल्मीका रामु अधिकारी सहित झन्डै १ दर्जन ब्यवसायीहरु नेपाली संघीय समाज जापानमा प्रवेश गरेका छन् । लामो समयदेखी जापानमा ब्यापार ब्यबसाय गरेर बसेका ब्यबसायीहरु हरी चन्द्र लामा, रामु अधिकारी र हरी थापा सहित झन्डै १ दर्जन ब्यबसायीहरु नेपाली संघीय समाज जापानमा प्रबेश गरेका हुन् ।

गत सोमवार समाजबादी फोरमका अध्यक्ष पेम्बा शेर्पा, महासचीब सन्जीब राई र कान्तो क्षेत्रीय अध्यक्ष जलन राईको उपस्थितिमा टोकीयोको एक होटलमा चियापान तथा नयाबर्षको शुभकामना आदनप्रदान कार्यक्रममा संघीय समाजबादी फोरममा प्रबेश गरेका हुन् ।

लामा एनआएनए जापानको केन्द्रीय कार्यसमिति लगायत नेपाली संघ संस्थाहरुमा आबद्द छन् त्यस्तै अधिकारी र थापा नेपालमा लामो समय माओबादी जनयुद्दमा होमीएकाहरु हुन् । चियापान भेटघाट क्रममा हरिचन्द्र लामाले आफ्नो संक्षीप्त भनाई राख्दै अब मुलुकका पिछाडा बर्गहरुको मुक्त्तीको आन्दोलन संघीय समाजबादी फोरम नेपालको नेतृत्वामा मात्र सम्भब रहेकाले आफुहरु संघीय समाजबादी फोरम प्रबेश गरेको बताए । त्यस्तै जीबनको अन्तीम घडीसम्मा यही पार्टीमा रही उत्पिडीत जनताको पक्षमा लागिरहने समेत उनले प्रतीबध्दता जाहेर गरेका थिए ।
forum japan
अर्का ब्याबसायी रामु अधिकारीले आफुहरु संघिय समाजबादी फोरमको राजनैतीक दर्शन र नेताहरु अशोक राई र उपेन्द्र यादबको राजनैतीक कार्यशैलीहरुबाट प्रबाभित भई संघीय समाजबादी फोरम प्रबेश गरेको जानकारी दिए । साथै उनले आफु कसैको उक्साहट र बाध्यताले नभई पार्टीले अबलम्भन गरेको राजनैतिक मार्गप्रती पुर्ण रुपमा देशको सम्मृध्दी हुने आपेक्षा सहित आफु फोरममा प्रवेश गरेको बताए ।
लामा काभ्रे, अधिकारी गुल्मी र थापा बाग्लुङ बासी हुन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D