gulminews logo
आईतवार, २०८१ बैशाख २३

जापानमा पुराना सामान बेचेर गुल्मीका पहिरो पीडितलाई सहयोग

गुल्मीन्युज
टोकियो, अगस्त १६ । गुल्मी जिल्ला सत्यवती गाउँपालिकाका पहिरो पिडितको सहयोगार्थ जापानमा फ्री मार्केट मार्फत पुराना सामाग्रीहरु बेचेर सहयोग रकम संकलन गरिएको छ । ग्लोबल नेपाल नेटवर्कले टोकियोको सिन कोईवा स्थित ठमेल हलमा गत अगस्त ११ तारिखमा फ्री मार्केटको आयोजना गरेको हो । पहिरोवाट बिस्थापित भएका पिडित परिवारहरुको सहयोगार्थ आयोजित कार्यक्रम ग्लोबल नेपाल नेटवर्कको आयोजनामा जापानमा रहेका संघ संस्थाहरु गुल्मेली समाज जापान, मगर संघ समाज जापान र नेपाल जापान एक्सचेन्ज क्लबको सह-आयोजनमा रहेको थियो ।

उक्त फ्री मार्केटको लागि राम्रा राम्रा जापानी लुगाफाटाहरु, खेलौनाहरू तथा किताबहरु २ ट्रक भन्दा बढी सामानहरु नेपाल जापान एक्सचेन्ज क्लबका जापानी साथीहरुले उपलब्ध गराएका थिए । कार्यक्रममा गुल्मेली समाज जापानका अध्यक्ष शालिक राम भण्डारी, नेपाल मगर संघ जापान कान्तोका अध्यक्ष रित राना मगर, नेपाल जापान एक्सचेन्ज क्लबका संयोजक यामाकावा मासाहिरो, ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्य, थकाली सेवा समितिका अध्यक्ष बुद्धी गौचन तथा नेवा:जागरण मंच जापानका अध्यक्ष जनक राज शाक्यको उपस्थित भएको थियो ।

कुनै पनि नेपालीहरुलाई दुख: पर्न गएको खण्डमा सबै एक जुट भएर सहयोग गर्नु पर्ने मानव धर्म रहेको बताउदै आयोजक कमिटिका सुनिल कुमार शाक्यले उपस्थित महानुभाब तथा आर्थिक सहयोग गर्ने सम्पूर्ण साथीहरुलाई धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा जापानवासी नेपालीहरु तथा जापानमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा जापानीहरुको उपस्थिती रहेको थियो । उपस्थित साथीहरुले फ्री मार्केटको सामानहरु मन पर्ने जति लगि स्वेच्छाले रकम सहयोग गरेका थिए । उक्त दिन जम्मा ८०,००० जापानी येनको आर्थिक सहयोग संकलन भएको आयोजकले गुल्मीन्युज डट कमलाई बताएका छन् । सहयोग रकम ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यको समनवयमा गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीलाई हस्तान्तण गरियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D