gulminews logo
शनिबार, २०८१ बैशाख १५

जापानको देउराली पञ्चेबाजा समुहले पठायो ढोरपाटनका बाढि पहिरो पिडितलाई सहयोग

अनिष पाठक
बागलुङ, २७ पुष । देउराली पञ्चेबाजा समुह टोकियो जापानले आज एक कार्यक्रमका विच ढोरपाटनका बाढि पहिरो पिडितको लागि सहयोग गरेको छ । जापानमा गलकोट नगरपालिका वडा नं. ११ फलाटेका चन्द्र बहादुर पुनको संयोजकत्वमा संकलन गरिएको ८४ हजार रकम आज एक कार्यक्रमको अबसरमा नगरपालिकाको केन्द्र बुर्तिवाङमा नगर प्रमुख देब कुमार नेपालीलाई हस्तान्तरण गरिएको हो ।

पञ्चेबाजा समुहका १४ जनाबाट संकलन गरिएको उक्त रकम हस्तान्तरण हर्दै गलकोट नगरपालिका वडा नंं. ११ का वडा अध्यक्ष डम्बर बहादुर श्रीसले दुःखको बेला प्रवासीले गरेको सहयोग स्रर्हानिय भएको बताए । त्यस्तै ढोरपाटन नगरका नगर प्रमुख नेपालीले समुहले गरेको सहयोगले पुन निर्माण कोषमा थप सहयोग पुगेको बताउदै समुहलाई धन्यवाद समेत दिए ।

टोकियो जापानमा सन २०११ मा स्थापना भएको पञ्चेबाजा समुहले विभिन्न विपतको समयमा सहयोग गर्दै आएको समुहका सदस्य पुनले बताए । ढोरपाटनमा यहि भदौ १७ गते आएको बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेको थियो भने एक जना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का १३० घरमा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D