gulminews logo
शनिबार, २०८१ बैशाख १५

जन्मदिनमा आशा अपाङ्गलाई लत्ताकपडा

हुमाकन्त पोखरेल
०८ साउन, गुल्मी । गुल्मीका एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा आशा अपाङ्ग केन्द्रलाई दैनिक प्रयोग हुने ओढ्नेविच्छ्याउने लत्ताकपडा प्रदान गरेका छन् । साविकको अनेरास्ववीयु (क्रान्तिकारी) का केद्रीय सचिवालय सदस्य तथा नेकपा गुल्मी जिल्ला सदस्य घनश्याम खरेलले केन्द्रलाई कपडा वितरण गरेका हुन । उनले दुई थान बलाङ्केट, ६ थान तन्ना लगायतका सामाग्रि प्रदान गरेका हुन् ।

पछिल्लो समय जन्मदिनको अवसरमा मनोरञ्जन गरी फजुल खर्च गर्ने पंरम्परा बढिरहेका बेला नेता खरेलले भने आशा अपाङ्ग केन्द्रलाई सामाग्री वितरण गरेर जन्मदिन मनाएका छन् । आफुले गरेको सानो सहयोगले समाजमा सकारात्मक सन्देश जाने र केन्द्रलाई पनि सहयोग पुग्ने उदेश्यले सामाग्री प्रदान गरेको उनले बताए । त्यसका साथै काम गरेन भनेर राज्यलाई दोष दिनुभन्दा आफ्नो ठाउँको लागि आफैले केहि गर्नुपर्छ भन्ने उदेश्यले सामाग्री प्रदान गरेको उनले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले खरेलको यो काम प्रसंशनिय रहेको प्रतिक्रिया दिए । उनले सबैले जन्मदिन वा केहि सुखद क्षणमा यस केन्द्रलाई सहयोग गरेको खण्डमा थुप्रै असाहायहरुले राहत पाउने बताए । ‘आजकलका धेरै युवाहरुले जन्मदिनमा फजुल खर्च गर्ने गरेका छन् ।’ उनले भने, ‘अहिले जुन कामको सुरुवात भएको छ त्यो अनुसरणिय योग्य छ।’ त्यसका साथै भुसालले चुस्त व्यवस्थापनका साथ सञ्चालन भएको आशा अपाङ्ग केन्द्रको कार्यप्रति पनि मुक्तकण्ढले प्रशंसा गरे ।

आशा अपाङ्ग केन्द्रकी व्यवस्थापक गगां रायमाझिले सबैभन्दा ठुलो मन भएकोले मन भए चाहेको काम गर्न सकिने बताइन् । सँस्थाले समाजका लागि थुप्रै काम गरेकोले दिएका सामाग्रीहरुको सहि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । गुल्मी सदरमुकाम तमघासमा अवस्थित आशा अपाङ्ग केन्द्र वि.स.२०६३ सालमा स्थापना भएको हो ।

यस संस्थाले अपाङ्गहरुको स्वास्थ्य जाँच, परामर्श र फिजियोथेरापी उपचारमार्फत जीवनस्तर सुधार गन लक्ष्य लिएको छ । त्यसका साथै शिक्षा, उपचार र आयआर्जनका कार्यक्रमबाट अपाङ्गहरुको पुर्नस्थापना गर्ने, उनीहरुको हक अधिकार कार्यान्वयन गर्न सहयोग पु¥र्याउने, अपाङ्गमैत्री वातावरण निर्माण गर्ने, अपाङ्गहरुको सर्वाङ्गिण विकास गर्ने, अपाङ्गहरुलाई व्यवसायिक तालिम तथा रोजगारीको अवसर प्रदान गर्ने लगायतका उदेश्य पनि सँस्थाको रहेको आशा अपाङ्ग केन्द्रमा कार्यरत सुरेश श्रेष्ठले बताए ।

हाल सँस्थाले फिजियोथेरापी सेवा, अपाङ्गहरुको स्वास्थ्य जाँच, परामर्श र उपचार, कृतिम हातखुट्टा तथा जुक्ता वितरण गरिरहेको छ । त्यस्तै ह्वीलचेयर, बैशाखी, वार्कर तथा सेतोछडी वितरण, ह्वीलचेयर प्रायोग गर्ने अपाङ्गहरुको लागि अपाङ्ग सहज कोठा, चर्पी तथा आगन निमार्ण गरिदिने, अपाङ्गहरुका लागि आवश्यक सिपमूलक तालिम, आय आर्जनमूलक कार्यक्रमका लागि बिना ब्याज ऋण सहयोग गर्ने लगायतका कार्य गर्दै आएको फिल्ड संयोजक डम्बर गिरीले जानकारी दिए ।

अपाङ्गहरुकी महिला नेतृ गगां रायमाझी

आफु अपाङ्ग हुदाँहुदै पनि समाजको लागि केहि योगदान दिने व्यक्ति कमै हुन्छन् त्यस्तै मध्येकी एक हुन् गुल्मीको छापहिलेमा जन्मीएकी गंगा रायमाझी । वि.स २०४२ सालमा जन्मिएकी रायमाझीका दुवै खुट्टा छैनन् । हिड्नुपरे घुँडाभन्दा तलबाट कृत्रिम खुट्टा लगाएर हिड्ने गरेकी उनले अहिले अपाङ्गहरुको क्षेत्रमा उल्लेखनिय काम गरेकी छन् । अपाङ्गहरुले केहि गर्न सक्दैन्न भन्ने मान्यतालाई चिर्दै उनले समाजमा नमुना काम गर्न सफल भएकी हुन् । स्नातक उत्र्तीण गरेकी रायमाझीले देश तथा विदेशबाट सहयोग जुटाउर्दै अपाङ्गहरुको क्षेत्रमा धेरैलाई पुर्नजिवन दिने काम गरेकी छन् ।

हाल संस्थाले तीन जना अनाथ र चार जना अपाङ्गता भएका बालबालीकाहरुलाई आफ्नै खर्चमा आवासिय सेवासहित अध्ययनको व्यवस्था मिलाएको छ । त्यस्तै अन्य ५ जनाले सिपमुलक तालिम दिने, होस्टेलको व्यवस्थापन, कार्यालय सरसफाई तथा उपचारका लागि बस्ने विरामीहरुको रेखदेख गर्दै आईरहेका छन् । रायमाझीले हाल सम्म राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन् । ०७६ साउन २ गते नगद २० हजार सहित ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयबाट उत्कृष्ट युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएकी थिइन ।

त्यस्तै २०७३ साल पौषमा रक्षा मन्त्रालय तथा गुल्मी जिल्ला समाज युके, शान्ति नेपाली समाज बेलायत लगाएतका डेढ दर्जन संघ संस्थाबाट सम्मानित भएका छन् । आफु अपाङ्ग हुदाँ हुर्दै अपाङ्गहरुको क्षेत्रमा काम गर्दा आनन्द आउने उनले बताइन । त्यसका साथै आगामि दिनमा अपाङ्गहरुको दायित्व राज्यले लिएमा देशैभरका अपाङ्गहरुलाई सम्मानजनक तरिकाले बाँच्न पाउने अधिकारको सुनिश्चिचा हुने बताइन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D