अनिल खत्री
२७ असोज, गुल्मी । गुल्मीमा करेन्टर लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरीखुट्टा निवासी–४६ वर्षिय कमलदेवी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

मृत घिमिरेले घर बिद्युत सट भइ मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते घिमिरेलाई थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको पुनले बताए । मृतक घिमिरेको शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याउने क्रमममा रहेको प्रहरीले जनाएको छ ।