चेक रिपब्लिकमा मनाईयो नयाँ बर्ष, पञ्चेबाजामा नाचे दर्शक

प्राग, अप्रिल १५ । चेक रिपब्लिकको राजधानी प्रागमा नेपाली नयाँ वर्षको कार्यक्रम सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज चेक रिपब्लिकको आयोजना तथा एनआरएन चेकरिपब्लिकको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । नेपाली मौलिक पन्चे बाजाको साथ बिबिध नेपाली सांस्कृतिक कोसेलीहरु प्रस्तुत गरिएको कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिती रहेको थियो ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज चेक रिपब्लिकका अध्यक्ष बैकुण्ठ रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. चिरिन्जीबी खड्काको प्रमुख आतिथ्यता रहेको थियो । रायमाझी र खड्काद्वयले संयुक्त रुपमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाली राष्टिय गान सँगै अघी बढेको कार्यक्रमको सन्चालन यदुराम पन्थी र ग्रिस कंडेलले गरेका थिए ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको नेपाली पञ्चे बाजाले उपस्थित सबैको मन जित्न सफल भएको थियो । कलाकार तथा सनैबादक अशोक देबको सनैको रागसँगै बजेको पन्चे बाजामा सबै दर्शक झुमेर नच्दा गाउँघर तिरैको मेला पर्वको झल्को आएको उपस्थित एक सहभागीले बताए। पञ्चे बाजा सहित अन्य बिबिध साँस्कृतिक कार्यक्रमहरुले नेपालीहरुको मात्र हैन त्यहाँ उपस्थित बिदेशीहरुको पनि मन जितेको थियो ।

बिदेशी भुमिमा नेपाली भेषभुषा प्रवर्द्दन गर्ने उद्देश्यले उत्कृष्ट नेपाली पहिरन लगाएर आउने दर्शकहरु मध्यबाट ईश्वर गौतम र कमला नेपाललाई मेडल, खादा तथा सम्मानपत्रले सम्मान गरिएको समाजका अध्यक्ष रायमाझिले बताए । त्यस्तै उत्कृस्ट नाच र गीत प्रस्तुत गर्ने स्मृति रायमाझी र सुजन तिमिल्सेनालाई पनि सम्मान गरिएको उनले बताए ।

कार्यक्रमलाई सबै तवरबाट सफल गराउन सघाउने सबै प्रती आयोजकले आभार प्रकट गरेका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D