gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

चन्द्रकोटमा क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिमा कोरोना

हुमाकान्त पोखरेल
गुल्मी, १८ असार । क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङस्थित ५२ बर्षिया पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनी जेठ ११ गते भारतबाट आएका थिए । दिब्रुङस्थित शारदा माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका उनको आरडिटी परिक्षण गर्दा पोजेटिभ आएको थियो ।

त्यसपछि पिसिआर् परिक्षणको लागि उनको स्वाब संकलन गरिएपनि लामो समयसम्म पनि रिपोर्ट नआउदा चन्द्रकोट गाउँपालिकाले रिपोर्ट नेगेटिभ आएको जानकारी परिवारलाई गरायो । अनि असार १५ गते उनी क्वारेन्टिनमुक्त भए । तर क्वारेन्टिनमुक्त भएको दुई दिनपछि आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको छिमेकी सागर अर्यालले बताए । उनी क्वारेन्टिनमुक्त भएपछि उनको परिवारको साथसाथै गाउँ–टोलका मानिसहरुसँग समेत सम्पर्कमा आएको अर्यालले बताए ।

गाउँपालिकाले हचुँवाको भरमा नआएको रिपोर्टलाई नेगेटिभ आएको झुटो जानकारी गराउदा सिङ्गो गाउँ नै असुरक्षित हुन सक्ने बताए । जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पशुपति आचार्यले उक्त पुरुषलाई बुधबार अर्थात असार १७ गते साँझ कोरोना पुष्टि भएको बताए । त्यसरी संक्रमित व्यक्ति गाउँमा घुलमिल हुँदा संक्रमणको जोखिम हुने भएकोले सचेत रहन उनले आग्रह गरे ।

गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले गाउँपालिकाको तर्फबाट पिसिआर् रिपोर्टको सुचना प्रवाहबारे आफुलाई जानकारी नभएको तर नेगेटिभ आएको सुचना प्रवाह गर्नु गलत भएको बताए । तर उनले स्वाब संकलन गरेपनि कुनै लक्षण नदेखिएकालाई निश्चित समय पुगेपछि पिसिआर् रिपोर्ट नआउदैँ पनि घर पठाउन सकिने संघिय सरकारको कार्यविधिअनुसार उक्त पुरुषलाई घर पठाइएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D