चट्याङ लाग्दा घाँस काटिरहेकी महिलाको मृत्‍यु, गाडीको ठक्करबाट अर्की एक महिला घाईते

कमल पौडेल
बागलुङ, ३१ बैशाख । गल्कोट नगरपालिका वडा नं. ११ रिघा तुतुङ्गा साविक रिघा गाविस ४ मा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। घरको नजिकै घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङको कारण मृत्यू भएको वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभएको छ।

मृतकको शव पोष्टमार्टमको लागी इलाका प्रहरी कार्यालय हरिचौर लगिएको छ । सोहि स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए।

त्यस्तै मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका ६, मार्केमा ट्याक्सीको ठक्करवाट एकजना गम्भिर घाइते भएका छन् । घ१ज ५८२ नं. को ट्याक्सीले ठक्कर दिँदा स्थानिय ५० वर्षकी कुमारी थापा घाइते भएकि हुन् ।

थापाको टाउको र दाहिने खुट्टामा गम्भिर चोट लागेको र बडिगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि थप उपचारको लागी भैरवा पठाइएको ग्वालीचौर प्रहरीले जनाएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D