gulminews logo
शुक्रबार, २०८० चैत्र १६

घर गोठमा आगलागी हुँदा ५ लाख रुपैँया बराबरको क्षती

अनिल खत्री
गुल्मी, माघ २० । गुल्मीमा घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १२ खुडादी स्थित रामबहादुर सोमरेको घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोमरेको घरमा शनिवार दिउँसो आगलागी भएको हो । आगलागी भएको खबर पाएसँगै नजिकै रहेको शसस्त्र प्रहरी तुरुन्तै घटना स्थलमा पुगेर नियन्त्रणमा ल्याउन खटिएको शसस्त्र प्रहरी वल गुल्मीका गुल्मपती प्रहरी नायव उपरिक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।

आगो, प्रहरी, शसस्त्र प्रहरी र स्थानियले नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानविय तथा पशुचौपायाँहरुमा क्षती नभएपनि घरमा रहेका लत्त कपडा खाध्यन्न जलेर पुरै पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरगोठ जल्दा करिव ५ लाख बरारको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमरेको घरमा कोहिपनि नभएको बेला एक्कासी आगोलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरगोठ जलेसँगै उनिहरु आफन्तको घरमा बसेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D