gulminews logo
शुक्रबार, २०८० चैत्र १६

घरमा सन्तान लाभको खुशीसंगै बिदेशमा निदाएका उनी सधैका लागी निदाए

प्रेम सुनार
आसार ३, गुल्मी । उनी बैदेशिक रोजगारका लागि कुवेत पुगेको अहिले तीन महिना भयो । घरमा श्रीमती सुत्केरी हुने आज हो कि भोलि हो भन्ने अबस्था थियो । तेसैले पनि ऊनी श्रीमती हलुङ्गी भएर जाने सोचमा थिए । तर उड्ने तिथि मिति आयो । उनी दोधारमै बिदेश उडेका थिए ।

बिदेश पुगेपछि सान्तान लाभको सुखद खबर आयो । यस अघि चार बर्षिय छोरा पछि उनीहरुको चाहना छोरी थियो । जुन जन्मिएको खुशीले उनी मात्र हैन सबै परिवार गदगद थिए । घरबाट पठाइएका तिनै छोरीका तस्वीर हेर्दै सुतिरहेका उनी जो सधैका लागी निदाए ।

यो चार दिन अघिको कुरा हो । उनी अर्थात गुल्मी मालिका गाउँपालिका-८, मरभुङग द्वाघासका २८ बर्शिय दान बहादुर पौडेलको समाचार हो यो । त्यस अघि पनि बिदेश गएका उनी फेरि नजाने बिचारमा थिए । तेसैले उनी स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरिमा पनि भर्ती भएका थिए । श्रीमानको मृत्युको खबरले उनकी २५ बर्षिया सुत्केरी श्रीमती दिपा बेला बेलामा मुर्छित हुनु परेको छ ।

नवजात शिशुको अबस्था र उनको अबस्था हेर्दा जो कोहिको मुटु भक्कानिन्छ । नियतिको ठुलो बज्रपात भन्छन् वडाअध्यक्ष टिका बहादुर जिसि । परिवार र टोलमा सन्नटा छाएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D