gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मेली समाज जापानको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरु

टोकियो, नोभेम्बर ०४ । गुल्मेली समाज जापानको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । टोकियोको सोलमारी मुरा हलमा सम्पन्न बैठकमा पुरानो कार्यसमितिलाइ धन्यवाद दिँदै आगामी दिनमा समाजले गर्ने कामको बारेमा बिभिन्न निर्णय समेत गरेको छ ।

समाजभित्र जापानमा रहेका सबै गुल्मेलीलाइ समेट्न नागोया र फुकुओका क्षेत्रीय कमिटि गठन गर्ने भएको छ । जसको संयोजकमा बाबुराम खरेल र टिकाराम खरेललाइ राखिएको छ। दयाराम खरेल,राम प्रसाद ढकाल र प्रर्शुराम न्यौपाने रहेको समुहले समाज भित्र बिगतमा भएका संझनालायक कामको अभिलेख र जानकारी राख्ने निर्णय गरेको छ ।

समाजको बिधानलाइ थप परिस्कृत र व्यवस्थापन गर्न बिधान संसोधन टिम बनाएको छ जसमा रोशन के.सी, शालिकराम भण्डारी शंकर सापकोटा, कुलचन्द्र खरेल र समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारी रहेका छन् । जनवरी १० तारिक नयाँ बर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सहित बिधान संशोधन अधिवेशन गर्ने भएको छ । साथै समाजको आजिवन सदस्यता पनि खुल्ला गरिएको छ ।

त्यस्तै मनोनीत सदस्यहरुमा इन्द्र थापा, प्रेमलाल पाण्डेय, दिनेश सापकोटा, टिकु बिप्लव, अर्जुन खरेल जिवलाल न्यौपाने र दिपक कंडेललाइ छनोट गरिएको छ । संस्थाको प्रवक्तामा दिलिप थापालाइ राख्ने निर्णय समेत भएको छ। विधान अनुसार स्वत पदेन सदस्य हुने भएकोले साविकका गाविस समाजका अध्यक्षलाइ सदस्यमा राखिएको छ । कार्यक्रम समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षता महासचिव संगिता कुवँरको संचालनमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D