gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मेली युवाहरूले जापानमा खोले नेपाली अर्गानिक सामान पाईने पसल, जापानभर नि:शुल्क डेलिभरी

जापान, माघ २१ । गुल्मीका युवा उद्यमीहरुले जापानमा नेपाली अर्गानिक सामानहरु पाईने पसल सुरु गरेका छन् । गुल्मी जिल्ला स्थाई घर भई लामो समयदेखि जापानमै बस्दै आएका दुइजना दाजुभाइको पहलमा नेपाली पसल सन्चालनमा आएको हो । जापानको साइतामा स्थित केनको कोनोसु स्टेसन नजिकै उक्त पसल संचालनमा आएको हो ।

गुल्मी जिल्ला चन्द्रकोट-७ रुपाकोट स्थाई घर भइ जापानमा बस्दै आएका बाबुराम भन्डारी र रमेश भन्डारीले संयुक्त लगानीमा समोसा मार्ट कोनोसु सन्चालनमा ल्याएका हुन् । नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्दन गर्दै गर्दा नेपालमै पसिना बगाउने साना किसान तथा उद्यमीहरुलाई पनि आम्दानीको राम्रो स्रोत होस् भन्ने उद्देश्यले पसल सन्चालनमा ल्याएको संचालकहरुले जनाएका छन् ।

समोसा मार्ट कोनोसुमा नेपाली स्थानिय समानहरुलाई बिशेष प्राथमिकतामा राखेर बिक्री थालेको पसलमा नेपाली अर्गानिक खाद्य सामाग्रीहरु पाईने जनाईएको छ । “हाम्रो पसलमा नेपाली अर्गानिक कोदोको पिठो, मकैको पिठो, फापरको पिठो, आटाे, गुन्द्रुक, टिमुर, सिल्टुङ, गहत, दाल, चामल, आटा लगायतका खाद्यसामाग्रीहरु पाईन्छ ।”, सन्चालक मध्यका एक रमेश भन्डारीले भने, “त्यसका अलावा बिभिन्न प्रकारका नेपाली अचारहरु, म:म मसला, घ्यु, रारा, वाईवाई लगायतका नेपाली चाउचाउहरु पनि उपलब्ध छन् ।” त्यस्तै पसलमा बिभिन्न प्रकारका रोटी, मिठाई, नमकिनहरु तथा नेपाली पोशाक, भाँडाकुँडा, कस्मेटिक र सजावटका सामानहरु पनि खरिद गर्न सकिने भण्डारीले जानकारी दिए ।

पसलमा रेस्टुरेन्टको लागि चाहिने सम्पुर्ण तयारी समानहरु, इण्डियन मसला तथा सामग्रीहरु पनि उपलब्ध छ । ग्राहकहरुसंग सजिलै जोडीन सकियोस र उहाँहरुको ढोकै सम्म आफ्नो सेवा पुर्याउन सकियोस भन्ने हेतुले जापानभर नि:शुल्क होम डेलिभरीको सुबिधा दिइएको पनि संचालक भन्डारीले गुल्मीन्युजलाई जानकारी दिए ।

समोसा मार्टको छेउमै भण्डारीद्वयले सन्चालन गरेको समोसा एसियन स्पाइसी रेस्टुरेन्टले पनि स्थानिय जापानी ग्राहकहरु तथा नेपाली ग्राहकहरुको ध्यान तान्न सफल भएको छ । लामो समय देखी जापानमा रेस्टुरेन्ट ब्यवसायहरु सन्चालन गर्दै आएका भण्डारीले सन्चालन गरेको उक्त रेस्टुरेन्टमा टिपिकल नेपाली परिकारहरुका अलावा ईडियन खानाहरु पनि उपलब्ध रहेको जनाईएको छ । रेस्टुरेन्टले नेपाली म:मका पारिकारहरु, चिकन साँधेको, सुकुटी, छोईला, सेकुवा, भुटन, कलेजो-पांग्रा, चाउमिन, भटमास साँधेको लगायतका नेपाली स्वादहरु पस्किँदै आएको छ ।

समोसा मार्ट कोनोसुबाट सामानहरु अर्डर गर्नुपरेमा तल उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिने जनाईएको छ:
बाबुराम भन्डारी: ८१८०३३९६००४७
रमेश भन्डारी: ८१८०३३१०८८८०
लक्ष्मण पौडेल: ८१९०४२९३४४८९

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D