gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी हुँदै बाग्लुङ जान लागेको जीप दुर्घटना, एकै परिवारका तीन घाइते

सुनिल कार्की
पाल्पा । पाल्पा–गुल्मी सडक खण्ड अन्तर्गत रिप्दिकोट गाउँपालिका–२ जोर्तेमा पिकअप जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनासहित चार जना गम्भीर घाइते भएका छन् ।

बुटवलबाट गुल्मी हुँदै बागलुङको बुर्तिवाङ जाँदैगरेको लु १ ज १८५८ नम्बरको पिकअप जीप बिहीबार बिहान दुर्घटन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जीप जोर्ते विश्वकर्माबाबाको मन्दिर नजिक सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा परि बाग्लुङ बुर्तिवाङ निशिखोलाका ५० वर्षिय पुरन पुन, २१ वर्षीया लक्ष्मी मगर, ४ वर्षीय वसन्त पुन तथा रुपन्देही हरौवा घर भएका चालक युनिकबहादुर पुन घाइते भएका छन ।

घाइतेहरुको पाल्पा मिशन अस्पतालमा उपचार भईरहेको छ । चालक पुनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटना भिरालो सडक र गति नियन्त्रण नहुँदा भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D