gulminews logo
आईतवार, २०८१ बैशाख २३

गुल्मी सेवा समाज युएईद्वारा गुल्मीका पहिरो पिडितलाई सहयोग

राज भण्डारी
युएई, अगस्त २२ । गुल्मी गत साउन ७ गते राती गएको पहिरोले गुल्मी को सत्यवती गाउँपालिकामा भएको जनधनको क्षति प्रती गुल्मी सेवा समाज युएईले एक लाख रुपैँया सहयोग गरेको छ । सँस्थाका सचिवालय सदस्य बाबुराम सुनारको संयोजनमा राहत संकलन अभियान सुरु गरिएको थियो ।

बिदेशमा रहँदा आफ्नो जिल्लामा परेको समस्या प्रती सबै गुल्मेलीको मात्र नभएर गैर गुल्मेलीहरुको पनि सहयोग गरेका थिए । हिजो एक हस्तान्तरण कार्यक्रम गरि राहत हस्तान्तरण गरिएको सँस्थाका अध्यक्ष रुद्र थापाले बताए । घटना सत्यवतीका २ फरक ठाउँमा भएको र फरक फरक राहत सन्कलन समिति रहेकोले घटनाको प्रकृति हेरि लिम्घाको घटनाको लागि ६० हजार रुपैँया र ठुलो लुम्पेकको लागि ४० हजार रुपैँया गरि जम्मा एकलाख सहयोग गरिएको हो ।

संकलित रकम गाउँपालिकाको राहत संकलन समितिको खातामा नै जम्मा गरिएको थियो । “हामी देश भन्दा बाहिर रहेपनि आफ्नो जिल्ला बासी लाई चोट पर्दा हामिहरुले सानो सहयोग स्वरुप मलम लगाउने प्रयास मात्र गरेका हौ”, अध्यक्ष थापाले भने, “सहयोगी सबैलाई सहयोगको लागि धन्यवाद ।”

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D