gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी सेवा समाज कतारले शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम गर्दै

कुमार “अविरल” पन्थी
कतार । “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रहदै समाज सेवामा निरन्तर लागिरहेको गुल्मी सेवा समाज कतारले हिन्दु धर्मावलम्विहरुको दोश्रो महान पर्व शुभ दीपावलीको अवसर पारेर शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम-२०१७ आयोजना गर्ने भएको छ ।

समाजले शुभ दीपावलीको अवसर पारेर हरेक वर्ष शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ । प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश मै रहेको झल्को मेटाउने कार्यक्रमको लक्ष्य रहेको समाजका सास्कृतिक एवम कार्यक्रम संयोजकले जानकारी दिए ।

कार्यक्रममा विशेष आकर्षण रहेको देउसीभैलो, मारुनी नाच, सोरठी नाच लगायतका प्रस्तुतिहरु रहेका छन । उक्त देउसीभैलो कार्यक्रममा कुनै पनि कमि हुन नदिई उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई स्वदेशमा रहेको झल्को मेटाउने प्रस्तुतीहरु प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नेमा ढुक्क रहेको कार्यक्रमका सह संयोजक देव लम्साल बताउछन ।

प्रवासमा रहेका गुल्मेली तथा गैर गुल्मेली कलाकारहरुको साथमा कार्यक्रममा देउसीभैलो, मारुनी नाच, सोरठी नाच, गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने विभिन्न नाचहरु, सुदुरपश्चिमको सास्कृतिक झल्किने नाच तथा मगर समुदायमा नाचिने मारुनी नाच समेत प्रस्तुत गरिने बताइएको छ ।

समाजले कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेली बुवा-आमा, दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरेको छ । प्रवेश नि:शुल्क रहेको उक्त कार्यक्रम २० अक्टोवर २०१७ शुक्रबारका दिन कतारको मुन्ताजा स्थित केरला कल्चर सेन्टरको सभाहलमा दिउसोको १ बजेबाट सुरुहुने आयोजकले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D