गुल्मी सेवा समाज कतारद्वारा शैक्षिक सामग्री वितरण

रमेश विश्वकर्मा
गुल्मी, माघ ६ । गुल्मी सेवा समाज दोहा कतारले जिल्लाको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आईतबार जिल्लाको मदाने गाउँपालिका वडा नं. १ मा अवस्थित घडेरी प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।


विद्यार्थीलाई केही हदसम्म सहयोग होला भन्ने उदेश्यले शैक्षिक सामग्री वितरण गर्न लागिएको बताइएको छ । शैक्षिक सामग्री त्यस विद्यालयमा अध्ययन गर्ने दलित, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।


कापी तथा विभिन्न स्टेशनरी सामग्री पाएपछि विद्यार्थीहरु निकै खुसि एवम् हर्षित पनि देखिएका थिए । समाज व्यक्तिगत स्वार्थको भुमरिमा फसिरहेको बेला अहिले गुल्मी सेवा समाजको यो कामबाट समाजका केही गर्छौ भन्नेहरुले पाठ सिक्नुपर्ने बेला आएको सामाजिक अभियन्ता तथा नेपाली काँग्रेसका अग्लुङ्गका सभापति सुशील चन्द बताए ।


अभियन्ता चन्द भने – ‘वरिपरि झुपडी राखेर आफु ठुलो महलमा बसेर आफुलाई शासक सम्झनेहरुलाई यो कार्यक्रमले थोरै भएपनि चेतनाको विकास भएको छ ।’ त्यस्तै गरिबहरुका लागि केही गर्नुपर्छ भन्ने चेतना बढाओस भन्दै शैक्षिक सामग्री सहयोग गरेकोमा गुल्मी सेवा समाज दोहा कतारलाई धन्यवाद समेत व्यक्त गरे । शैक्षिक सामग्री वितरण गरेर विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ठुलो सहयोग गरेको भन्दै विद्यालयले गुल्मी सेवा समाज दोहा कतारलाई धन्यवाद समेत व्यक्त गरेको थियो ।


विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य खिम खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक बिजुला जिसी र सामाजिक अभियान्ता तथा नेपाली काँग्रेस अग्लुङ्गका सभापति शुसिल चन्दको विशेष आतिथ्यता रहेको थियो ।


विद्यालयका शिक्षक शुसिला चन्दको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक बाबुराम खत्रीको रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधीकारी, शिक्षक कर्मचारी र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D