गुल्मी सेवा समाज ओमानको उद्घाटन, अध्यक्षमा भण्डारी

राजु कुमार श्रीवास्तव
ओमान । सामाजिक कार्यमा टेवा पु¥याउने उदेश्यका साथ चार महिना पहिला ओमानमा संगठित भएको संस्था गुल्मी सेवा समाज ओमानले शुक्रबार आधिकारिक रुपमा उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

गुल्मी लगायत देशभरीबाट रोजगारीको लागी बाहिर रहने नेपालीहरुलाई आईपर्ने समस्यामा सहकार्य गर्दै पीडितलाई मलम लगाउनु यो संस्थाको मुख्य उद्देश्य रहेको बताइएको छ । साथै यो संस्थाले गुल्मी जिल्लाको कला संस्कृति र पर्यटनलाई देशभरी तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनको लागी पनि गृहकार्य गरिरहेको संस्थाका सचिब प्रकाश न्यौपानेले बताएका छन ।
gulmi sewa samaj oman
कतार, युएई, साउदी अरव, बहराईन, कुवेतलगायत बिश्वका अन्य मुलुकमा गुल्मी सेवा समाजको बलियो संगठन छ । २०७४ बैशाख ०१ गते ९ जना गुल्मेलीहरुको उपस्थितिमा स्थापना भएको गुल्मी सेवा समाज ओमानले चार महिना बितिसक्दा करिव ५० जना गुल्मेलिहरुलाई समेट्दै ओमानमा आफुलाई एक दरिलो सामाजिक संगठनको रूपमा चिनाउन सफल भएको छ ।

शुक्रबार राजधानी मस्कटस्थित स्पाईसी भिलेज रुसेलको सभाहलमा सम्पन्न उदघाटन तथा अन्तरक्रिया कार्यक्रम संस्थाका अध्यक्ष घनश्याम भन्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहेकी ओमानका लागी नेपाली राजदुत सर्मिला पराजुली ढकालले सम्बोधन गर्दै प्रवासमा सामाजिक कार्यका लागी अग्रसर हुँदै नयाँ संस्था स्थापना हुनु गौरव र खुशिको कुरा भएको अनि यसले ओमानमा रहने नेपालीलाई फाइदा पुग्ने बताएकी थिइन् । साथै प्रमुख अतिथि पराजुलीले आगामी दिनहरुमा गुल्मी जिल्लाबासी मात्रैलाई केन्द्रित नभई सिङ्गो नेपाली समुदायको लागी हित हुने कार्यहरू गर्नको लागी अनुरोध गरेकी थिइन् ।

उनले सोहि कार्यक्रममा अहिले दूतावासले गर्दै आएका विभिन्न गतिविधिको बारेमा पनि जानकारी गराएकी थिइन् । यस अवसरमा गैरआवासिय नेपाली सामाजिक क्लव ओमानका अध्यक्ष दिपक श्रेष्ठ ,अन्तर्राष्ट्रिय एकता समाजका केन्द्रिय महासचिव शोभाकान्त लामिछाने,प्रवासी नेपाली मञ्च ओमानका उपाध्यक्ष लिलानाथ कोईराला ,जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल, जनप्रगतिशील मंच ओमानका उपाध्यक्ष हेम आचार्य, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, बिबेकशिल साझा पाटी ओमानका ब्यवस्थापिका प्रमुख जीवन कार्की, महिला समुह ओमानकी अध्यक्ष उमा आचार्य, नेपाली समाज ओमानका महासचिब दिल रोक्का, मगर संघ ओमानका अध्यक्ष सुर्य बहादुर थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याटरका प्रतिनिधि दिल प्रसाद पौड्याल ,डिसि नेपाल ओमान संवाददाता बिनेश खनाल लगायत ओमानमा क्रियाशिल रहेका अन्य संघसंस्थाका प्रतिनिधिहरुले अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा पहिलो कार्यकालको लागी सहमतिमा बनेको संस्थाको कार्यसमितिका पदाधिकारीरुलाई पनि सार्वजनिक गरिएको थियो । गठित समितिको अध्यक्षमा घनश्याम भन्डारी, उपाध्यक्षद्वय सुर्य पन्थी र गोमा पाडे , महासचिव पुकार जिसि, सचिव प्रकाश न्यौपाने ,सहसचिव दिपक घिमिरे, कोषाध्यक्ष मदन गौतम, सहकोषाध्यक्ष ठाकुर प्रसाद डम्बर पाल, सांस्कृतिक विभाग संयोजक महादेब धितान, खेलकुद बिभाग संयोजक (श्रीराम थानी मगर, वरिष्ठ सल्लाहकारहरु राम प्रसाद भट्टराई, लेख खत्री दुर्गा प्रसाद ढकाल ,युवराज सापकोटा र हिरामणी काफ्ले रहनु भएको छ ।
प्रथम कार्यकाल (२०१७ र २०१९) को चयन भएको यो समितिलाई कार्यक्रमकी प्रमुख अतिथि राजदुत सर्मिला पराजुली ढकालले पद तथा गोपनियताको सपथ खुवाउँदै सफल कार्यकालको लागी शुभकामना दिइकी थिइन् ।

ओमानमा रहेका करिव १५० जना भन्दा धेरै नेपालीहरु सहभागी भएको सो कार्यक्रममा गुल्मी सेवा समाज ओमानका कलाकर तथा ओमानमा रहेका अन्य नेपाली कलाकारहरुले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए । कार्यक्रम समापन समारोहमा बोल्दै कार्यक्रमका सभाअध्यक्ष समेत रहेका गुल्मी सेवा समाज ओमानका अध्यक्ष घनश्याम भण्डारीले लामो संघर्षपछि ओमानमा कार्यरत गुल्मेली समुदायलाई संगठित गर्दै संस्था निमार्ण गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

अध्यक्ष भण्डारीले यस कार्यक्रमले आफ्नो संस्थालाई ओमानको सन्दर्भमा आगामी दिनहरुमा काम गर्न सहज हुने बताउंदै सहभागी भइ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद ब्यक्त गरेका थिए । उपाध्यक्ष सुर्य पन्थिको स्वागत भाषण तथा महासचिव पुकार जिसि र सचीव प्रकाश न्यौपानेको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D