gulminews logo
आईतवार, २०८१ बैशाख २३

गुल्मी सम्पर्क समिती कोरियाद्वारा सत्यवतीका पहिरो पीडितलाई साढे ५ लाख रुपैँया सहयोग

सन्जु काउछा
साउन २८ । गुल्मी जिल्ला सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई गुल्मी सम्पर्क समिती कोरियाले आर्थीक सहयोग पठाएको छ । गाउँपालिकाको वार्ड न.३ ठूलोलुम्पेक र वार्ड न.४ लिम्घामा गत साउन ७ गते बिहान गएको भीषण पहिरोबाट बिस्थापितहरुको लागि समितीले सहयोग पठाएको हो ।

पहिरो गए लगत्तै समितीले दक्षिण कोरियामा राहत संकलन अभियान संचालन गरेको थियो । सो अभियानबाट संकलित ५ लाख ५० हजार रुपैँया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको समितिले जनाएको छ । सत्यवती गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गरिएको थियो । समितिका पुर्व सल्लाहकार टामलाल अर्याल, कोषाध्यक्ष टिका सुबेदी, सदस्यहरु कृष्ण क्षेत्री र अनिल भण्डारीको उपस्थितीमा गाउँपालिका अध्यक्ष ढकाललाई सहयोग हस्तान्तरण गरिएको हो ।

“प्रवासमा रहे पनि आफ्नो गाउँलाई पिडा पर्दा सार्है दुख्दो रहेछ”, समितीका क्रिश बाबुले गुल्मीन्युजसँग भने, “प्राकृतिक बिपत्तीको पिडा रहेका गाउँले दाजुभाईको पिडामा अलिकती मल्हम लगाउने प्रयास गरेका हौँ ।” उनले गुल्मी सम्पर्क समिती कोरियाको उक्त अभियानमा साथ दिने सबैलाई धन्यवाद पनि दिए ।

त्यस्तै सहयोग रकम बुझ्दै गाउँपलिका अध्यक्ष पारिश्वर ढकालले पनि सहयोग गर्ने सम्पूर्ण सहयोगदातालाई प्रती कृतज्ञता ब्याक्त गरे ।

पहिरोमा परी सत्यवति गाँउपालिकाको ३ र ४ वडामा १३ जनाको निधन भएको थियो भने ६ सय परिवार प्रभावित भएका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D