gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मी समाज ह्युस्टन अमेरिकामा नयाँ नेतृत्व

ह्युस्टन, माघ १ । गुल्मी समाज ह्युस्टनको तेश्रो अधिवेशन भिष्म मरासिनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै आइतबार सम्पन्न भएकोछ। अमेरिकी राज्य टेक्ससको ह्युस्टनमा बसोवास गर्ने र नेपालमा गुल्मी घर भएका नेपालीहरुले नेपाली भाषा, संस्कृति र चाडपर्वहरुलाई प्रवासमा समेत निरन्तरता दिन संगठित भएर गुल्मी समाजको गठन गरेका हुन् ।

स्थानीय पशुपति मन्दिरमा सम्पन्न कार्यक्रममा लाएन्स क्लब इन्टरनेशनलका पूर्व अन्तराष्ट्रिय निर्देशक सन्जय खेतान, एनआरएनए टेक्सस चाप्टरका उपाध्यक्ष द्रोण गौतम, नेप्लिज एशोसियसन अफ ह्युस्टनका महासचिव विष्णु नेपाल, एनएचयूका प्रतिनिधी दीपेन्द्र गौतम, लेखा व्यवसायी प्रेम शाही लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
gulmi samaj huston
अधिवेशनबाट उपाध्यक्षमा रामकृष्ण सापकोटा, सचिवमा लक्ष्मण भण्डारी, सहसचिवमा सीता भण्डारी, कोषाध्यक्षमा विश्व श्रेष्ठ सहित आठ सदस्यहरुमा क्रमश: चिन्तामणि खरेल, नवीन गौतम, रामकृष्ण सापकोटा, हरि न्यौपाने, दिपक खरेल, मुकुन्दहरी पौडेल, शुष्मा भट्टराई र प्रकाश भलामी निर्विरोध निर्वाचित भएकाछन् ।

कार्यक्रमको अन्त्यमा समाजका अग्रज र नयाँ पिंढीको समेत सक्रियतामा नेपाली भजन-किर्तन समेत गरिएको थियो। यस्ता कार्यक्रमहरुले अमेरिकामा नै जन्मे-हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा-संस्कृतिसंग घुलमिल हुन सघाउ पुर्याउने जानकारी सचिव लक्ष्मण भण्डारीले गराए।नेपालबाट आफन्त भेट्न आएका बुवा-आमाहरु पनि निकै रमाएर भजन-किर्तनको अगुवाई गर्दैथिए ।-दुरबिन डट कम

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D