gulminews logo
मंगलवार, २०८१ बैशाख ४

गुल्मी समाज भिक्टोरिया र नेपअसको अनलाइन तिज नृत्य प्रतियोगिताको बिजेता नेपालकी अनुशा राउत

कौरव खत्री
गुल्मी ७, भाद्र । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजना गरिएको अनलाइन एकल तिज नृत्य प्रतियोगिताको आज विजेता घोषणा गरिएको छ ।

एकल तिज नृत्य प्रतियोगिताको प्रतिस्पर्धाबाट उत्कृष्ट बन्दै ७५० अष्ट्रेलियन डलर (६३ हजार रुपैँया) र सम्मान पत्र सहित नेपाल इटहरीकी अनुशा राउतले प्रथम पुरस्कार हात पारिन् । त्यस्तै नेपाल मोरङ्गकी सोनी गुरुङ्गले ७५० अष्ट्रेलियन डलर (४२ हजार ५ सय रुपैँया) र सम्मान पत्र सहित द्धितीय पुरसकार हात पारिकी छन् । नेपाल बनेपाकी रुपा लामाले २५० अष्ट्रेलियन डलर (२१ हजार रुपैँया) र सम्मान पत्र सहित तृतीय पुरस्कार हात पारेकी छन् ।

प्रतियोगितामा सामाजिक सञ्जाल अर्थात फेसबुकको लाइक, शेयर, कमेन्ट, भ्यूज बापत ३० अंक र निर्णायक मण्डलको ७० अंक सहित गरि १ सय अंकलाई मूल्याङ्कनको आधार बनाई प्रतियोगी कलाकारहरु छनोट गरि आज अन्लाईन बाटै विजेता घोषणा गरिएको हो ।

त्यस्तै प्रतियोगितामा नेपालका अनुशा राउत, मेलिना तामाङ्ग, नमिता तामाङ्ग, रुपा लामा, सोनी गुरुङ्ग र समिक्षा भट्टराई तथा अष्ट्रेलियाबाट दिव्या भट्टराई, प्रेरणा खड्का, प्रिति सापकोटा र न्यूजिल्याण्डबाट अस्मिता श्रेष्ठ सहित उत्कृष्ट दश प्रतियोगी कलाकारहरु बीचको अन्तिम प्रतिस्पर्धाबाट प्रतियोगीहरु छनोट भएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै निर्णायक मण्डलको रुपमा बरिष्ठ कलाकार बोम बहादुर कार्की, राष्ट्रिय कलाकार मञ्जु पौडेल, सायद श्रेष्ठ, कृति खनाल, विदुर शिवाकोटीले भूमिका निर्वाह गरेका थिए । तिज नृत्य प्रतियोगितामा विशेष गरि तिजको पुरानो मौलिकपन र कला संस्कृति बोकेको नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कोभिड १ ९को प्रभावले विभिन्न ठाँउमा जमघट र भेला गरेर तिज कार्यक्रम गर्ने अवस्था नहुदा यसरी पहिलो पटक अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।

त्यस्तै हाम्रो पुरानो मौलिकता जोगाउन र कला संस्कृतिलाई संरक्षण प्रर्वद्धन विकास गर्नका लागि पहिलो पटक अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।

गत साउन ३१ गतेदेखि शुरु भएको अनलाइन प्रतियोगिता आज ऋषिपञ्चमीको अवसरमा विजेता घोषणा गरिएको छ । प्रतियोगिताको विजेता घोषणा कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाकी सह सचिव बर्षा भण्डारीले फेसबुक लाइभ मार्फत कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D