गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुद्वारा अष्ट्रेलियामा अनलाइन तीज नृत्य प्रतियोगिता आयोजना

अष्ट्रेलिया, अगस्त ९ । अष्ट्रेलियामा अनलाइन तीज नृत्य प्रतियोगिता हुनेभएको छ। गुल्मी समाज भिक्टोरीया र नेपअस क्रियुको संयुक्त आयोजना तथा एक्स्पर्ट एजुकेशनको मूख्य प्रायोजनमा अनलाइन तीज नृत्य प्रतियोगिता हुनेभएको हो।

अनलाइन तीज नृत्य प्रतियोगितामा एकल प्रस्तुति मार्फत भाग लिन सकिने आयोजकले बताएका छन् । आयोजकका अनुसार अष्ट्रेलियावासी नेपाली मात्र नभई न्युजिल्याण्डवासी नेपालीले समेत भाग लिन सक्ने यस प्रतियोगितामा बढीमा दुई मिनेटको भिडियो पठाउनु पर्नेछ।

प्रतियोगी पन्ध्र वर्ष माथि उमेरको हुनुपर्ने बताइएको छ। त्यस्तै, भिडियोमा नेपाली परम्परागत पहिरन लगाएर एकल नृत्य प्रस्तुत गरेको हुनुपर्नेछ र भिडियोमा बढीमा बीस देखि तीस सेकेन्डको आफ्नो परिचय समावेश गर्नुपर्नेछ ।

१५ अगस्ट, बेलुका ४ बजेबाट सुरु हुने यस प्रतियोगितामा भाग लिनको लागि आफ्नो भिडियो [email protected] मा आफ्नो नाम, ठेगाना, देश र उमेर उल्लेख गरि पठाउनु पर्नेछ।

प्रतियोगिताको निर्णयकहरुमा चर्चित कलाकारहरु बम बहादुर कार्की, मन्जु पौडेल, शायद श्रेष्ठ, कृति खनाल र बिदुर सिवाकोटी रहेको आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगितालाई क्रमश ७५०, ५०० र २५० डलर पुरस्कार राशीको व्यवस्था रहेको आयोजकले जनाएका छन्।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D