gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मी समाज भिक्टोरियाद्वारा अनलाइन तीजगीत प्रतियोगिता आयोजना, बिजेतालाई झण्डै १ लाख पुरस्कार

कौरव खत्री
गुल्मी, भदौ ०४ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा एकल तीजगीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

कोभिड-१९ को प्रभावले गर्दा यस वर्ष पनि एकल तीजगीत प्रतियोगिता अनलाइन माफत गर्ने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए । साथै प्रतियोगितामा अष्ट्रेलियाभित्र रहेका नेपाली महिला कलाकारहरु तथा बिश्वका अन्य जुनसुकै देशका नेपाली कलाकारहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने समाजले जनाएको छ । तीजगीत प्रतियोगिता यही अगस्त २१ देखि शुरू भई सेम्टेवर ११ सम्म प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा सहभागी कलाकारहरूकाे फेसबुककाे लाइक र शेयरलाई आधार बनाएर ५०%, इन्स्टाग्राम र युटुवलाइ‌ आधार बनाएर ५० % अंक निर्धारण गरि मुल्यांकन गरिने जनाईएकाे छ । प्रतियोगितामा सहभागिता जनाउनकाे लागि कलाकारहरूले समाजकाे इमेल आइडी [email protected] मा आफ्नो प्रस्तुतीको भिडियो मेल गर्न सकिने समाजले जनाएको छ ।

त्यस्तै तीजगीत प्रतियोगितामा विशेष गरि तीजको पूरानो मौलिकपन र कला संस्कृतिको भएको गीत तथा नृत्यलाई प्राथमिकता दिइने छ ।

तीजगीत प्रतियोगितामा अष्ट्रेलियाबाट प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ७५० डलर, ५०० डलर र २५० डलर पाउने छन । भने विश्वका अन्य देशबाट सहभागी भएर प्रथम, द्वितीय, तृतीय हुनेले नेपाली रकम नगद रु.२१ हजार, १५ हजार, १० हजार र सम्मान पत्र पाउने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।

यस तिजगित प्रतियोगिता कार्यक्रमलाई मुख्य प्रायाेजनकाे रूपमा अष्ट्रेलियाको‌ मेलबर्नमा स्थित रहेकाे ओल्ड दरवार नेपाली रेष्टुरेन्टले सहयोग गरेकाे छ । साथै अन्य धेरै सस्थाहरुले समेत प्रायाेजन गरि सहयोग गरेका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D