gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी समाज भिक्टोरियाद्वारा कोभिड १९ बाट समस्यामा परेका बिद्यार्थीलाई सहयोग

कौरव खत्री
गुल्मी, २५ असार । गुल्मी समाज भिक्टोरियाले कोभिड १९ को समस्यामा परेका विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । Lord of Spices Restaurant and Function Center Thornbury मा बसेको समाजको बैठकले संस्थाको आम्दानी र खर्च सावजनिक समेत गरेको छ ।

कोभिड १९ ले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा संकलन गरिएको जम्मा अष्ट्रेलियन डलर ५ हजार ६ सय ६० बराबरको विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ ।

समाजका विभिन्न शुभचिन्तकहरुबाट संकलन गरिएको ३ हजार तिन सय दश अष्ट्रेलियन डलर संकलन गरिएको थियो र सहयोगका लागि अपुग रकमलाई संस्थाको खाता संचित रकमबाट प्रयोग गरिएको छ । साथै गुल्मी समाज भिक्टोरियाले समस्यामा परेका १ सय १० जना विद्यार्थीहरुलाई राहत बक्स वितरण गरिएको थियो भने विभिन्न होटलहरुबाट ४० जनाले निःशुल्क तथा छुटको खाना मार्फत विद्यार्थीहरुले सहयोग पाएका थिए ।

समाजले आगामी बर्षको लागि नयाँ आगन्तुक विद्यार्थीहरुलाई केन्द्रित गरेर विभिन्न योजनाहरु लिएर आएको जनाएको छ ।

त्यस्तै आवश्यकता अनुसार प्रत्येक महिना विज्ञहरुबाट Online resume making training सञ्चालन गर्ने र भविष्यमा विभिन्न व्यवसायीहरुसँग सम्पर्क छलफल गरि अष्ट्रेलिया आएका नयाँ विद्यार्थीहरुलाई आवश्यक पर्ने बिबिध सिपमुलक तालिमहरु पनि सञ्चालन गर्ने योजना रहेको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै गुल्मी समाज भिक्टोरियाले विभिन्न विद्यार्थीहरुले गरेको मागलाई मध्यनजर गदै हालको लागि हेल्पडेक्स बनाएर उनीहरुलाई सहयोग गर्ने जनाएको छ ।

साथै बैठकले समाजको कोष वृद्धिका लागि समाजका पदाधिकारीहरुबाट प्रति महिना १५ अष्ट्रेलियन डलर र पदाधिकारी मध्येका विद्यार्थीहरुबाट भने प्रति महिना १० अष्ट्रेलियन डलर उठाउने निर्णय समेत गरेको छ ।

संस्थाले कोभिड १९ को समस्या समाधान भएपछि भने रक्क्तदान कार्यक्रम सञ्चालन गर्ने समाजले जनाएको छ ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईको अध्यक्षता रहेको बैठकको सञ्चालन गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले गरेका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D