gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी समाज भिक्टोरियाको वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्वमा खरेल

मेलबर्न, डिसेम्बर ०६ । अष्ट्रेलियाको भिक्टोरियावासी गुल्मेलीहरुको साझा संस्था गुल्मी समाज भिक्टोरियाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । डिसेम्बर ५ मा सम्पन्न साधारणसभाले संस्थाको नयाँ नेतृत्वको चयन गरेको छ । नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।

संस्थाको नयाँ कार्यसमितिको अध्यक्षमा माधव खरेल चयन हुनुभएको छ । २४ वर्षीय खरेल पेशागत रुपमा वकिलको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले डेकिन युनिभर्सिटी नेपाली सोसाइटीको संस्थापक अध्यक्षको रुपमा काम गरिसक्नुभएको छ । कानून विषयमा र राजनीतिशास्त्रमा स्नातक, लिगल स्टडिजमा ग्राजुएट डिप्लोमा गर्नुभएका खरेल हाल कानून विषयमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।

अध्यक्ष खरेलले युवाहरुलाई विश्वास गरेर नेतृत्व हाँक्ने अवसर प्रदान गरेकोमा संस्थाका सबै सदस्यहरुप्रति आभार व्यक्त गर्नुभयो । जिम्मेवारी बहन गरिसकेपछि युवाहरु मात्र नभई, महिला तथा दोस्रो पुस्तालाई समेत समेटेर समावेशी ढंगले अगाडी बढ्ने उहाँको भनाई छ। साथै उहाँले भइरहेका कामलाई निरन्तरता दिई नयाँ-नयाँ कार्य तथा उद्देश्यहरुलाई अगाडी बढाउने उल्लेख गर्दै, आफूहरुको युवा टिमले कुशलता पूर्वक जिम्मेवारी निर्वाह गर्दै सबैको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसका लागि संस्थाका सबै सदस्य, अन्य नेपाली संघसंस्था, समुदायका अगुवा लगायत सम्पूर्णको साथको आवश्यकता रहने र साथ पाउने विश्वास समेत रहेको उहाँले बताउनुभयो ।

संस्थाका निवर्तमान अध्यक्ष गान्धी प्रसाद भट्टराईले नयाँ नेतृत्वमा युवाहरु अगाडी आएकोमा गर्व लागेको बताउँदै संस्था अझ रचनात्मक तरिकाले अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने संस्थाको टिम तथा सम्पूर्ण सदस्य, नेपाली संघसंस्था, समुदायका अगुवाहरु, मिडिया लगायत सम्पूर्ण शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्नुभएको छ। निवर्तमान अध्यक्ष भट्टराईले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै आफ्नो साथ सधै रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

संस्थाको नयाँ कार्यसमितीको उपाध्यक्षमा रमेश सापकोटा, सचिवमा प्रिया गौतम, सहसचिवमा दीपक सापकोटा, कोषाध्यक्षमा राजन पोखरेल र सहकोषाध्यक्षमा टंक कंडेल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा डा संदेश पन्थ, आकाश क्षेत्री, कृष्ण प्रसाद सापकोटा, मुक्ति राम सापकोटा, सुवास खरेल, राधा सापकोटा र नर बहादुर खत्री रहने हुनुभएको छ।

संस्थाले दोस्रो पुस्तालाई पनि समेट्ने गरी युवा टिम निर्माण गरेको छ। जसमा युवा संयोजकको रुपमा तारा प्रसाद भट्टराई र पूजा सापकोटा रहनुभएको छ भने ह्यारी सापकोटा, द्रोण केसी, ड्यान भण्डारी, अमरिक गौतम, किरण कंडेल, मुना सापकोटा, पूजा थापा, निर्मल सापकोटा, उत्सव सापकोटा, अनुप कंडेल र सुष्मा सापकोटा रहने हुनुभएको छ। त्यसैगरी संस्थाले महिलातर्फ पनि कमिटि गठन गरेको छ। जसमा वर्षा भण्डारी मूख्य संयोजकको रुपमा रहनुभएको छ भने उत्सुकता सापकोटा, अञ्जना कंडेल, करिष्मा सापकोटा, रक्षा भण्डारी संयोजकको रुपमा चयन हुनुभएको छ।

संस्थाले भिक्टोरियाको सबै क्षेत्रलाई समेट्ने गरी, क्षेत्रगत रुपमा संयोजकहरु समेत चयन गरेको छ। जसमा दक्षिण क्षेत्रका लागि संयोजकमा प्रदिप पन्थ तथा उपसंयोजकमा दीपक अर्याल र कृष्ण प्रसाद चालिसे चयन हुनुभएको छ। पूर्वका लागि संयोजकमा रामचन्द्र पोखरेल र पिताम्बर सापकोटा उपसंयोजकमा चयन हुनुभएको छ। त्यसैगरी उत्तरी क्षेत्रका लागि संयोजकमा नारायण न्यौपाने तथा उपसंयोजकमा राजु अधिकारी र शिव सापकोटा चयन हुनुभएको छ भने पश्चिमी क्षेत्रका लागि संयोजकमा विभिषण भण्डारी तथा उपसंयोजकमा केदार सापकोटा र झविन्द्र भण्डारी चयन हुनुभएको छ।

युवाहरुको टिमलाई साथ दिंदै आवश्यक रुपले मार्गनिर्देशन गर्नका लागि संस्थाले पूर्व अध्यक्षहरु तथा समुदायका अगुवाहरु रहेको सल्लाहकार समितिको पनि गठन गरेको छ। सल्लाहकार समितिमा जनक राज गौतम, गान्धी प्रसाद भट्टराई, मणि रतन सापकोटा, प्रकाश अर्याल, लक्ष्मण सापकोटा, रमेश अर्याल, राम प्रसाद सापकोटा, शिव लाल सापकोटा, लाल सिंह केसी, पूर्ण सापकोटा, नारायण चालिसे, शालिकराम अर्याल र चिरन्जीवी पाण्डे रहनुभएको छ।

कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निवर्तमान अध्यक्ष गान्धी प्रसाद भट्टराईको अध्यक्षता सम्पन्न भएको थियो। संस्थाका अध्यक्ष जनकराज गौतमको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने निवर्तमान सचिव प्रकाश अर्यालले गर्नुभएको थियो । -हिमालयन कंगारुबाट

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D