gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी समाज पोल्यान्डको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा उपाध्याय

सन्जु काउछा
हेल्सिन्की, सेप्टेम्बर ४ । गुल्मी समाज पोल्यान्डको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेपालमा गुल्मी जिल्लाका बिभिन्न स्थानमा जन्म भई पोल्याण्डलाई कर्मथलो बनाएका गुल्मेलीहरुको सँस्था गुल्मी समाज पोल्याण्डले गत सेप्टेम्बर १ तारिखका दिन दोस्रो अधिबेशन सम्पन्न गरेको हो ।

पोल्याण्डको राजधानी वार्सा स्थित हिमालयन यति रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले भिमलाल उपाध्याय (बिदुर) को अध्यक्षतामा नयाँ कार्य समिती पनि चयन गरेको छ । नवनिर्वाचित कार्यसमितीको उपाध्यक्षद्वयमा कमल सापकोटा र कृष्ण सापकोटा रहेका छन् भने नुमनाथ न्यौपाने सचिबमामा चयन भएका छन् ।
त्यस्तै सहसचिबमा सागर भण्डारी, कोषाध्यक्षमा मधु सापकोटा र सहकोषाध्यक्षमा प्रकाश खरेल चभएका छन् ।

समाजको नवनिर्वाचित कार्यसमिती सदस्यहरुमा नानू अर्याल, प्रबिण खरेल, भबिन गाहा मगर, कल्पना गैरे अर्याल, बिजय खरेल (बिजु), तुलसा पोखरेल अर्याल, राजेश कुँवर, प्रबिण थापा, रितु भट्टराई अर्याल र मेयर सिङ परियार रहेको समाजले जनाएको छ ।

पहिले नै गर्नु पर्ने भए पनि कोरोनाको कारण स्थगित भएर ढिलो गरी समाजको अधिवेशन सम्पन्न भएको आयोजकहरुले जनाएका छन् ।
“स्वच्छ र समृद्द नेपाल, गुल्मी समाज पोल्यान्डको अभियान” भन्ने नाराका साथ सन् २०१८ मा स्थापनामा भएको समाजले नेपाल तथा पोल्यान्डमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको हरेक दु:खमा मल्हम लगाउने उद्देश्य लिएको जनाईएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D