सन्जु काउछा
हेल्सिन्की, अगस्त १९ । गुल्मी समाज पोल्याण्डको अधिवेशन सम्पन्न हुने भएको छ । नेपालमा गुल्मी जिल्लाका बिभिन्न स्थानमा जन्म भई पोल्याण्डलाई कर्मथलो बनाउएका गुल्मेलीहरु सँस्था गुल्मी समाज पोल्याण्डले आगामी सेप्टेम्बर १ तारिखका दिन दोस्रो अधिबेशन सम्पन्न गर्न लगेको हो ।
पहिले नै गर्नु पर्ने भए पनि कोरोनाको कारण स्थगित भएर ढिलो गरी हुन लागेको समाजको अधिवेशन पोल्याण्डको राजधानी वार्सा स्थित हिमालयन यति रेस्टुरेन्टमा सन्चालन हुने आयोजकहरुले जनाएका छन् ।
“स्वच्छ र समृद्द नेपाल, गुल्मी समाज पोल्यान्डको अभियान” भन्ने नाराका साथ सन् २०१८ मा स्थापनामा भएको समाजले नेपाल तथा पोल्यान्डमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको हरेक दु:खमा मल्हम लगाउने उद्देश्य लिएको जनाईएको छ । समाजले एक सुचना जारी गर्दै गुल्मी जन्मस्थान भएर पोल्याण्डलाई कर्मथलो बनाउने सबै नेपालीहरुलाई समाजको अधिवेशनमा उपस्थित भईदिन आग्रह गरेको छ ।