gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मी समाज अस्ट्रेलियाको अध्यक्षमा श्याम केसी

सिड्नी, ३० जनवरी । गुल्मी जिल्ला समाज अस्ट्रेलियाको साधारण सभा सम्पन्न भएको छ । सभाले श्याम के.सीलाई अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती चयन गरेको छ । समाजको गत जनवरी २७ तारिखमा सिड्नीको रकडेलस्थित एभरेष्ट फङ्सन सेन्टरमा सम्पन्न साधारण सभाले केसीलाई सर्वसम्मत अध्यक्षमा नियुक्त गरेको हो ।

निवर्तमान अध्यक्ष भिम खरेलको अध्यक्षतामा संचालन भएको उक्त सधारण सभाबाट उपाध्यक्षमा कमला बस्नेत र चतुरभुज खरेल, सचिवमा प्रेम सापकोटा र सहसचिवमा बिस्नु काप्ले र कोषाध्यक्षमा रमेश मरासिनी नियुक्त भएका छन् ।
gulmi samaj australia
गुल्मी जिल्ला जन्मेर अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाई बसेका गुल्मेलीहरूको संस्था गुल्मी जिल्ला समाज अस्ट्रेलियाको साधारण सभाको कार्यकारी सदस्यहरूमा नवराज खराल, दिग्विजय अर्याल, मुस्कान पाण्डे, सुवोध थापा, कृष्ण खरेल, विष्णु भुसाल, युवराज भण्डारी र विष्णु घिमिरेलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

समारोहमा गुल्मेली, गुल्मीसँग भावनात्मक सम्बन्ध भएकाहरु र सिड्नीवासी नेपाली समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो । विविध संस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रममा सहभागीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै कार्यसफलताको शुभकामाना दिएका थिए । नवनिर्वाचित अध्यक्ष केसीले विगतमा जस्तै सबैबाट सहयोगको निरन्तरता रहने विश्वास लिंदै सबैसँग हातेमालो गरी अगाडि बढ्ने बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D