काठमाडौं, जेठ ३० । गुल्मी, संखुवासभा र धादिङमा तीनजना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको ईस्मा गाउँपालिका–५, पाहाकटेरी बस्ने ३० वर्षीय बिदुनविक्रम कुँवर आफ्नै घरदेखि करिब ३०० मिटर टाढा रांगा पाइला भनिने भिरमा मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभाको खाँदवारी नगरपालिका–१०, कोलगैरास्थित सडकछेउमा सिलिचोङ गाउँपालिका–४, थम्वेवा बस्ने गजुरमान राई मृत अवस्थामा फेला परेका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चौकीखोला किनारको ओडारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका जनाइएको छ ।