गुल्मी रुपाकोटमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक युवा घाइते

गुल्मी, कार्तिक २८ । बुटवलदेखी गुल्मीको वामीटक्सार आउँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा वामीका एक युवा घाइते भएका छन् ।

लु १ क ३४८७ नम्बरको ट्रकले बिपरीत दिशाबाट आएको लु ५३ प ४६३० नम्बरको मोटरसाइकलाई ठक्कर दिदा वामी टार बस्ने २७ बर्षीय मिलन श्रेष्ठ घाइते भएका हुन् ।

चन्द्रकोट गाँउपालिका ७ रुपाकोट सोतामा भएको उक्त घटनामा परी घाइते श्रेष्ठको बाँया हात भाचिएको, मुख र खुट्टामा चोट लागेको गुल्मी प्रहरीले जनाएको छ ।

उनको स्थानीय मेडिकलमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको छ । ठक्कर दिने ट्रक र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । -ज्योतिन्युज डट कम

फोटो: प्रकाश श्रेष्ठको फेसबुकबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D