gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मी भुर्तुङ सम्पर्क समिति भारतको अध्यक्षमा के.सी

नयाँ दिल्ली, २२ फेब्रुअरी । गुल्मी भुर्तुङ सम्पर्क समितिको तेस्रो अधिवेशन आइतबार भव्यरुपमा सम्पन्न भएको छ। दिल्ली नजिकै गुरुग्रामको एशियन हट किचन रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा समितिको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी बाबु रोका मगर, ललित जीसी, मोनिका जीसी, कलाकार राम गहतराज, अस्मिता बीसी लगायत अतिथिको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बोल्दै निवर्तमान अध्यक्ष टिका बहादुर कार्कीले आफ्नो कार्यकालमा प्रवासका साथै भुर्तुङमा अहिलेसम्म गरेका सहयोगका बारेमा जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा भएका उपलब्धीहरु सबैलाई सुनाउँदै नयाँ कार्यकालले पनि भुर्तुङ र भुर्तुङ्गेली समाजका लागि अभूतपूर्व काम गर्ने अपेक्षा गर्नुभयो ।

तेस्रो अधिवेशनबाट देवेन्द्र केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । जसमा देबेन्द्र केसी अध्यक्ष तथा मिडिया संयोजक रहनुभएको छ । टिका बहादुर कार्की संस्थापक तथा संरक्षक रहेको कार्यसमितिको उपाध्यक्षमा डोलराज गौतम र कृष्णप्रसाद पौडेल चयन हुनुभएको छ। महासचिव मुकुन्द पौडेल, सचिव मोहराज भट्टराई र सहसचिव टिका कंडेल रहेको नयाँ कार्यसमितिमा कोषाध्यक्ष गोपी पौडेल र सह कोषाध्यक्षमा प्रदिप खत्री सर्वसम्मत चुनिनुभएको छ। बिभागिय सचिव तर्फमा रजिष्ट्रार सचिव दिपक कार्की, सङ्गठन तथा बिदेश सचिव जिवन पौडेल, महिला सचिव उमा बिक, समन्वय समिति सचिव हेमन्त सुबेदी, स्वास्थ्य तथा खेल सचिव प्रकाश शाह, अल्पसङ्ख्यक मामिला सचिव किशन खड्का र ब्यवस्थापन सचिवमा बिक्रम कार्की सर्वसम्मत चुनिएका छन। त्यस्तै सदस्यहरुमा शेर बहादुर कार्की, रेशम परियार, जनक पौडेल र पुरन शाह सर्वसम्मत चुनिएका छन। समितिले केहि अपर्झट निर्णय गर्नुपरेमा र कार्यसमिति उपस्थित हुन नसकेको खण्डमा काम गर्ने गरि पाँच सदस्यिय कोर कमिटी पनि सर्वसम्मत बनाएको छ । जस्को अध्यक्षमा देबेन्द्र केसी, उपाध्यक्षमा दिपक पौडेल, सचिवमा राजकुमार पौडेल, कोषाध्यक्षमा सिता सुबेदी र सदस्यमा शशी गिरी रहेका छन। गुल्मी भुर्तुङ सम्पर्क समितिका सदस्यहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । बालकलाकारहरु सृस्टी अधिकारी, निर्मला पुन र आरुषी जिसीले नृत्य प्रस्तुत गरेका थिए भने गायक राम गहतराज र गायिका अस्मिता बीसी र भजन सागर ले साङ्गगितिक प्रस्तुति दिएका थिए । पत्रकार देबेन्द्र केसीले सञ्चालन गरेको कार्यक्रममा निबर्तमान अध्यक्ष टिका बहादुर कार्कीलाई ‘उच्च सम्मान ‘सहितको मोमेन्टो र दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने बालकलाकारहरु लाई प्रमाण पत्र र गायक, गायिकाहरुलाई दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रम पछि प्रतिकृया दिदै नवनियुक्त अध्यक्ष केसी ले ‘भुर्तुङ्गेली नागरिक हरुको हरेक सुख र दुखमा साथ दिने, भुर्तुङ्गमा भएका बिकास, निर्माणमा सघाउ पुर्याउने र वडामा देखिएका अनियमितता बारे ससक्त भएर लडने ‘प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

समारोहकै क्रममा नयाँ दिल्ली, एनसिआरमा नेपाली मौलिक लोक भजनको अभावलाई मध्यनजर गर्दै नेपाली संस्कृति को जगेर्ना गर्नेगरि ‘शिद्ध कालिका संस्कृतन मंण्डल’ पनि गठन गरिएको छ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D