gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा बिदेशबाट आएका झन्डै ९७ प्रतिशत घरमै: १ हजार ७ सय २४ मध्ये क्‍वारेन्टाइनमा ६० जना मात्रै

तिलाचन पाण्डे
गुल्मी, चैत २२ । चैतको सुरुदेखि ११ गतेसम्म भारतबाट मात्रै एक हजार ५ सय ७१ जना गुल्मी भित्रिएका जिल्ला प्रशासन कार्यलयले जनाएको छ । यस अवधिमा भारतबाहेक अन्य देशबाट १ सय ५३ जना जिल्ला भित्रिएका छन् । तर यसरी भित्रिएका मध्ये ६० जना मात्र क्‍वारेन्टाइनमा बसेका गुल्मी सिडिओ कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेका अनुसार क्‍वारेन्टाइनमा बसेका ६० मध्ये गुल्मीदरवारमा ७, मदानेमा ८, धुर्कोटमा १०, इश्मामा १७, मालिकामा १०, कालिगण्डकी गाउँपालिकामा ३ र मुसिकोट नगरपालिकामा ५ जना क्‍वारेन्टाइनमा बसेका छन्।तीमध्ये ५३ जना पुरुष र बाँकी महिला छन् ।

गुल्मी भित्रिएका अन्यको स्वास्थ्यमा समस्या नभएको र उनीहरु होम क्‍वारेन्टाइनमै रहेका छन्। उनीहरुको विशेष निगरानीमा राखिएको सिडिओ कार्यालय गुल्मीले जनाएको छ।

जिल्लामा ३२ बेडको आइसोलेसन

जिल्लाका विभिन्‍न स्थानमा गरी ३२ बेडको आइसोलेसन बनाइएको छ। गुल्मी अस्पतालमा ७, उपल्लो तम्घासमा २० र रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको आइसोलेसन निर्माण गरिएको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए। उनका अनुसार एक जनालाई उच्च ज्वरो आएका कारण उपल्लो तम्घासमा रहेको आइसोलेसनमा राखी उपचार गरिएको छ। ती व्यक्तिलाई टाइफाइड भएकाले डिस्चार्ज गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।

जिल्लामा ९ सय ८८ बेडको क्‍वारेन्टाइन

जिल्लाका २ नगर र १० गाउँपालिका गरी १२ वटा स्थानीय तहमा कुल ९ सय ८८ बेडको क्‍वारेन्टाइन बनेका छन्। जसमध्ये मदानेमा १६, रुरुमा ३० इश्मामा ३४, गुल्मीदरवारमा ३५, कालीगण्डकीमा १ सय १७, धुर्कोटमा १ सय ३८, मालिकामा ८० ,चन्द्रकोटमा १४, सत्यवतीमा २३, छत्रकोटमा १०, मुसिकोटमा ३ सय ३५ र रेसुंगामा १ सय ५६ छन्।

क्‍वारेन्टाइनमा बसेका ६ जनालाई डिस्चार्ज गरियो

जिल्लाको कालीगण्डकी गाउँपालिकाको क्‍वारेन्टाइनमा बसेका ६ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म क्‍वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा केही समस्या देखा नपरेपछि डिस्चार्ज गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय तहबाट विपन्‍नहरुलाई राहत वितरण

देश लकडाउनमा रहेका बेला दैनिक ज्यालादारी गरेर खानेहरुका लागि समस्या हुन थालेको भन्दै जिल्लाका स्थानीय तहहरुले धमाधम राहत वितरण गर्न थालेका छन्। स्थानीय तहहरुले विपन्‍नहरुको डाटा संकलन गरी सोही अनुसार राहत वितरण गरेका हुन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D