gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मी-पाल्पामा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्‍यु, एक घाईते

गुल्मी, कार्तिक १५ । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ सिरुखर्क स्थित गुल्मी–पाल्पा सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार तानसेनदेखि गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक तानसेन १४ अर्गेलिका ३९ वर्षीय हरी प्रसाद ज्ञवालीको मृत्यु भएको हो ।

मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिदा उनी र मोटरसाइकलको पछाडी सवार गुल्मी ग्वादीका ४३ वर्षीय अनिल ज्ञवाली घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकोमा हरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनिल भने उपचार पछि डिस्चार्ज भएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D